×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन् २०२४ मा बेरोजगारी झनै बढ्ने आईएलओको अनुमान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सन् २०२४ मा बेरोजगारी झनै बढ्ने आईएलओको अनुमान

Artha Sarokar

२६ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सन् २०२४ मा विश्वभर बेरोजगारी दर झनै बढ्ने प्रक्षेपण गरिएको छ । अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)ले तयार गरेको सन् २०२४ को विश्व रोजगार र सामाजिक दृष्टिकोण प्रतिवेदनले विगतभन्दा यो वर्ष धेरै मानिसहरु बेरोजगार बन्ने प्रक्षेपण गरेको हो ।

आईएलओका अनुसार सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तराष्ट्रिय श्रम बजारमा बेरोजगारी दर बढ्दै गएको छ ।

सन् २०२४ मा विश्व बजारमा २० लाख नयाँ श्रमिकहरु थपिने हुनाले बेरोजगारी दर झनै बढ्ने प्रक्षेपण गरिएको छ । अर्थात यसवर्ष विश्वभर बेरोजगारी दर ५.२ प्रतिशतसम्म पुग्ने आईएलओले जनाएको छ । सन् २०२३ मा बेरोजगारी दर ५.१ प्रतिशत मात्रै रहेको थियो ।

आईएलओले यो वर्ष काम गर्ने गरिब श्रमिकहरु झनै बढ्ने दाबी गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी