×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरी हिल्सको सेयरभाउ उकास्न वाईकोको अर्को बदमासी, फेक बायर देखाएर यसरी फसाईदैछ सोझा लगानीकर्ता !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चन्द्रागिरी हिल्सको सेयरभाउ उकास्न वाईकोको अर्को बदमासी, फेक बायर देखाएर यसरी फसाईदैछ सोझा लगानीकर्ता !

Artha Sarokar

११ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आईएमई ग्रुपअन्तर्गतको चन्द्रागिरी हिल्स लिमिटेडको सेयर भाउ उकास्न, आईएमई ग्रुपकै लगानी रहेको नेप्सेको टिएमएस निर्माता कम्पनी वाईकोलाई प्रयोग गरेर सेयर बजारमा चलखेल भएको पाइएको छ । नेप्सेमा सूचीकृत भएको कुल १५३४०९१० अर्थात १ करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता भन्दा बढी कित्ता बाई अर्डर देखाएर वाईकोले चलखेल गरेको पाइएको हो । अहिले नेप्सेको टिएमएसमा ४ अर्व २९ करोड ४९ लाख ६६ हजार ८ सय ४९ कित्ता सेयर अर्थात हुँदै नभएको सेयर बाई देखाएर चलखेल गरिएको छ ।

यस्तै फेक बाई अर्डर देखाएर लकइन खुलेलगत्तै चन्द्रागिरि हिल्स लिमिटेडको सेयरभाउ उचालिएको थियो । अहिले थप केहि माथि पुर्याएर सोझा लगानीकर्तालाई टोपी लगाउनेगरी वाईको प्रयोग भएको भन्दै लगानीकर्ताहरुले विरोध गरिरहेका छन् ।
यस विषयमा नेप्सेले भने सधैंको रेडिमेड उत्तर दिएको छ । नेप्सेका अधिकारीले यसलाई ‘सामान्य प्राविधिक समस्या’ भनेका छन् । तर सोझा लगानीकर्ताहरुले ठुलो बाई अर्डर देखेपछि यो सेयरमा थप बाई अर्डर राखिरहेका छन् । यसरी कृतिम रुपमा सेयरको भाउ बढाउने चलखेल हुँदा पनि नेप्से जनता फसिरहेको तथ्यलाई मजाक सम्झिरहेको छ ।
सामान्यतया: लकइन खुलेपछि सो कम्पनीको सेयर भाउ घट्ने हुन्छ । तर वाईको र चन्द्रागिरि हिल्स लिमिटेड दुवै आईएमई ग्रुपकै लगानी भएकाले वाईकोको साथ लिएर सिष्टमभित्र अनाधिकृत रुपमा प्रवेश गरी चन्द्रागिरि हिल्स लिमिटेडका सेयर खेलाडीहरुले चलखेल गरिरहेका छन् ।
यसअघि नै स्वयम् नेपाल धितोपत्र बोर्डले नेप्सेमा अनाधिकृत पहुँच हुन सक्ने तथ्य बाहिर ल्याएको थियो भने आईएमई ग्रुप अन्तर्गतको वाईकोको सिष्टम चलाउँदा स्वार्थको द्वन्द हुने तथ्यसहितको समाचार प्रकाशन गरेपछि सरकारले आवश्यक छानविन गर्न निर्देशनसमेत दिएको थियो । त्यसपछी नेप्सेले सिष्टमको क्यास फाइल सबै डिलिट गरेको थियो । सेयर भाउ उकासेपछि पुन: नेप्से र वाईको मिलेर चन्द्रागिरिको चलखेलसम्बन्धि तथ्यांक डिलिट गर्ने तयारी गरेका छन् ।
यस विषयमा वाईकोका कोहि प्रतिनिधि पनि जवाफ दिन तयार छैनन्  ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी