×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चियामा सडेको टमाटर हाल्ने होटललाई ५ हजार जरिवाना !  

अर्थ सरोकार

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार

PRIME CA

चियामा सडेको टमाटर हाल्ने होटललाई ५ हजार जरिवाना !  

काठमाडौँ । पकाएको चियामा सडेको टमाटर हाल्ने होटल राप्ती मुनाललाई कारवाही गरिएको छ । बजार अनुगमनका क्रममा ग्राहकलाई खुवाउनका लागि पकाएको चियामा टमाटर फेला परेपछि गैंडाकोट–९ मा सञ्चालित राप्ती मुनाललाई कारवाहीस्वरुप पाँच हजार रुपैयाँ जरिवाना तिराइएको हो । 

त्यस्तै, उक्त होटलमा बिक्रीका लागि राखिएका अन्य खाद्य सामाग्री पनि सडेको अवस्थामा फेला परेको गैँडाकोट नगरका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले जानकारी दिएका छन् । 

गौतमका अनुसार मुनाल होटलले ग्राहकका लागि पकाएको चियामा टमाटर भेटिएको, सरसफाइमा ध्यान नदिएको, खानेकुरा राख्दा खाद्य गुणस्तरमा ध्यान नदिएको तथा उचित व्यवस्थापन नगरेको पाइएको छ । 

गैँडाकोट सडक किनारमा सञ्चालित होटलले अस्वस्थकर खाना खुवाएको गुनासोका आधारमा गैँडाकोटको थुम्सीलगायत क्षेत्रका विभिन्न होटल तथा पसलमा अनुगमन गरिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका अखाद्य सामाग्री पनि नष्ट गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: