काठमाडौँ । भारतमा गुडिरहेको ट्रकबाट फिल्मी शैलीमा १० करोड भारुको आइफोन चोरी भएको रहस्य खुलेको छ । भारतको पश्चिम बङ्गालमा गुडिरहेको ट्रकबाट चोरहरुले गत सेम्टेम्बर २८ मा भारतीय रुपैयाँ ९ करोड ७० लाखको १ हजार ५०० थान आइफोन चोरी गरेका हुन् ।
अमेरिकी कम्पनी एप्पल इंकको आइफोनहरु बोकेर चेन्नईबाट कलकत्ता गइरहेको ट्रक पश्चिम बङ्गाल प्रवेश गर्ने बित्तिकै चोरी भएको थियो ।
आइफोन बोकेको ट्रकमा प्रयोग गरिएको अत्याधुनिक जीपीएस सिष्टमको सहयोगमा आइफोन चोरी भएको थाहा पाएपछि ट्रक सञ्चालक कम्पनीले प्रहरीमा उजुरी दिएको थियो । ट्रक कतै पनि लामो समय नरोकिएकाले आइफोन ट्रक गुडिरहेकै बेलामा चोरी भएको ट्रान्सपोर्ट कम्पनीले दाबी गरको छ ।
हाल उक्त चोरी घटना कलकत्ता उच्च अदालतमा पुगेको छ । मुद्दाको पहिलो सुनुवाइको दिन गुड्दागुड्डै आइफोन चोरी भएको घटना सुनेर अदालतका न्यायाधीशहरु पनि छक्क परेका थिए । उक्त घटनाको अर्को सुनुवाई फेब्रुअरी २ मा हुने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्