काठमाडौँ । सरकारले ‘कटन क्यान्डी’ नखान आग्रह गरेको छ । सडकपेटिका, बजार, मेला लगायतका ठाउँमा खुला रुपमा बिक्री हुने ‘कटन क्यान्डी’मा अखाद्य रङ रोडामाइन बी को प्रयोग भएको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘कटन क्यान्डी’ नखान आग्रह गरेको हो ।
प्राय बालबालिकाहरुले बढी रुचाउने ‘कटन क्यान्डी’को प्रयोगले स्वास्थ्यमा प्रतिकुल असर गर्ने भन्दै ‘कटन क्यान्डी’को उपभोग नगर्न आग्रह गरिएको विभागले जनाएको छ ।
विभागले ‘कटन क्यान्डी’को प्रयोग हानिकारक भएको भन्दै सूचना नै जारी गरेर सचेत गराएको छ । ‘काठमाडौंका विभिन्न स्थानहरूका सडकपेटी, बजार, मेला लगायतका स्थानहरूमा खुला रूपमा बिक्री वितरण भइरहेको रङ्गिन कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ रोडामाइन बी को प्रयोग भएको यस विभागको प्रयोगशाला जाँच विश्लेषणबाट देखिन आएको हुँदा यस विभागबाट अनुज्ञा पत्र प्राप्त गरी लेबल लगाएका बाहेक खुल्ला रूपमा बिक्री वितरण गरिएको कटन क्यान्डीको उपभोग नगर्न तथा आफ्ना बालबालिकाहरूलाई समेत नदिनु हुन सम्पूर्ण उपभोक्ता वर्गमा विभाग अनुरोध गर्दछ ।’, विभागद्वारा जारी सूचनामा उल्लेख छ ।
त्यस्तै, विभागले ‘कटन क्यान्डी’ उत्पादन गर्नेहरुलाई समेत ‘कटन क्यान्डि’ अखाद्य रङको प्रयोग नगर्न सचेत गराएको छ । यसरी जारी गरिएको सूचना अटेर गर्दै ‘कटन क्यान्डी’मा अखाद्य रङको प्रयोग गरेर उत्पादन तथा बिक्रीवितरण गरेको पाइए कारवाही गर्ने विभागले चेतावनी पनि दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्