×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यहि हो मान्छे अपहरण गरेर बैंक खाताको पैसा लुट्ने ट्याक्सी ड्राईभरहरुको ‘ग्याङ’, धन्न बाँचिन् हिस्सी !

PRIME CA

यहि हो मान्छे अपहरण गरेर बैंक खाताको पैसा लुट्ने ट्याक्सी ड्राईभरहरुको ‘ग्याङ’, धन्न बाँचिन् हिस्सी !

अर्थ सरोकार

प्रकाशित मिति : १६ पुष २०८०, सोमबार

काठमाडौँ । सुन्दा पनि अचम्मलाग्दो -‘एउटा त्यस्तो ग्याङ जसले मान्छे अपहरण गर्छ, र बैंक खाताको पैसा लुटछ  । झट्ट सुन्दा अचम्म लाग्दो सुनिएपनि काठमाडौँमा यसरी मान्छे लुट्ने ट्याक्सी ड्राइभरहरुको ग्याङलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ४२ वर्षीय तेजमान तामाङ, ३२ वर्षीय कर्मा छेवाङ थिङ, २६ वर्षीय सैगात तामाङ र ३८ वर्षीय बिरे तामाङ रहेका छन् । पक्राउ परेका उनीहरु सबै सिन्धुपाल्चोकका रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले गएको मंसिर १० गते दिउँसो करिब ३ बजेतिर काठमाडौंस्थित चाबहिलबाट हिस्सी थाया तामाङलाई बल प्रयोग गरेर जबरजस्ती ट्याक्सीमा चढाएका थिए । त्यसपछि सो ग्याङले हिस्सीलाई जंगलमा लगेर दायाँबायाँ गर्न खोजे वा कराए मारिदिने धम्की दिए । त्यसपछि उनीहरुले तामाङलाई रातभर गागलफेदीको एक होटलमा बन्धक बनाए, र उनीसँग बैंक खातामा रहेको सबै पैसा ट्रान्सफर गर्न लगाए ।पुस ११ गते उनीहरूले तामाङको बैंक खाताबाट १३ लाख ५० हजार रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । यो क्रममा केहि रकम बैंक खाताबाट तान्न लगाइएको, केहि कनेक्ट आईपीएस प्रयोग गरेर झिकिएको र अन्य तरिकाले खाताबाट पैसा निकालिएको प्रहरीको भनाई छ ।

आफु लुटिएपछि तामाङ प्रहरीकहाँ पुगेकी थिइन् । अन्तत: ती सबै लुटेराहरुलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । उनीहरुलाई शरीर बन्धक, चोरी डकैती अन्तर्गत मुद्धा चलाउने तयारी भईरहेको प्रहरीको भनाई छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: