×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जापान भूकम्पः मृतकको संख्या ३० पुग्यो, भौतिक संरचनामा अरबौंको क्षति, नागरिकको सडकमै बास ! (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

जापान भूकम्पः मृतकको संख्या ३० पुग्यो, भौतिक संरचनामा अरबौंको क्षति, नागरिकको सडकमै बास ! (फोटो-कथा)

१७ पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको संख्या ३० पुगेको छ । भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको बताइएको छ । क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा थप जानकारी आउने क्रम जारी रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट जापानका विभिन्न ठाउँका भवनहरुमा पूर्ण रुपमा क्षति पुगेको छ भने केही ठाउँमा पहिरो गएको छ ।

भुकम्पछि जापानको स्थानीय प्रशासनले सुनामीको चेतावनीसमेत दिएको छ । साथै तटीय क्षेत्रबाट उद्धार गर्न पनि प्रशासनले निर्देशन दिइसकेको छ । शक्तिशाली भूकम्पपछि पुनः भूकम्पका धक्का जान सक्ने भन्दै अहिले नागरिकहरु सडक तथा खुला चौरमै बस्न बाध्य भएका छन् । भूकम्पबाट जापानमा अरबौँको क्षति भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: