Skip to content
LAXMI SUNRISE BANK

अध्ययनका लागि नगरपालिकाले बिनाब्याज ५ लाख ऋण दिने !

अर्थ सरोकार

काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिकाले अध्ययनका लागि बिना ब्याजमा पाँच लाख रुपैयाँसम्म ऋण दिने भएको छ । नगरपालिकाले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई बिनाब्याज ५ लाख रुपैयाँ कर्जा दिने भएको हो ।

यसरी नगरपालिकाबाट कर्जा लिनका लागि विद्यार्थीले एसईई परीक्षाको प्रमाणपत्र नगरपालिकामा धितो राख्नुपर्नेछ । त्यस्तै, विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था नेपाल सरकारबाट स्वीकृति प्राप्त वा नेपाल सरकारबाट मान्यताप्राप्त हुनुपर्नेछ । रकम अभावकै कारण पढ्न नपाएको भन्ने खबरहरु प्राप्त भइरहेका बेला यस्तो कर्जा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाबाट अध्ययन कर्जा लिनका लागि सुरुमा विद्यार्थीले वडा समितिमा निवेदन पेस गरि सिफारिस लिनुपर्नेछ । वडा समितिको सिफारिसपछि नगरपालिकालाई थप अर्को निवेदन दिनुपर्नेछ । सोही निवेदनका आधारमा नगरपालिकाले विपन्न, लोपन्मुख, जेहनदार र उत्कृष्ट नतिजाका आधारमा नगरपालिकाको कार्यपालिका बैठकले कर्जा स्वीकृत गर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK