×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

`ग्राहकको पैसा मेनेजरले चोर्ने´ एभरेष्ट बैंकको खराब कर्जा बढ्यो

PRIME CA

`ग्राहकको पैसा मेनेजरले चोर्ने´ एभरेष्ट बैंकको खराब कर्जा बढ्यो

७ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । जुन गत आर्थिक वर्षको तुलनामा ७.८८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.२७ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा २ अर्ब २६ करोडबाट बढेर २ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको खराब कर्जा ०.५५ प्रतिशतबाट बढेर ०.७७ प्रतिशत पुगेको छ । खराब कर्जा बढेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज पनि ३६ करोड ६६ लाखबाट बढेर ४३ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको ईपीएस ७ रुपैयाँ ६७ पैसाले बढेर २९ रुपैयाँ १२ पैसा पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ५७ पैसा रहेको छ ।

स्मरण रहोस्, यो त्यही बैंक हो, जुन बैंकको इटहरी शाखाबाट शाखा प्रबन्धकले नै ग्राहकको रकम चोरी गर्ने गरेको तथ्य यसअघि सार्वजनिक भएको थियो । घटना सार्वजनिक भएपछि जिल्ला अदालत विराटनगरले ग्राहकको रकम चोरी प्रकरणमा मास्टर माइन्ड निरज प्रधानलाई जेल चलान गरिसकेको छ । यति मात्र होइन, एभरेष्ट बैंकका ग्राहकको नागरिकता दुरुपयोग भएका थुप्रै घटनाहरु पनि यसअघि अर्थ सरोकारले प्रकाशन गरिसकेको छ । भिडियोमा हेर्नुहोस् एभेरेष्ट बैंकमा ग्राहकको रकम चोरीदेखि नागरिकता दुरुपयोगसम्मका घटनाहरुः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: