×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकमा सीइओको मनपरी, ‘ऋण एउटाको थाप्लोमा, पैसा दलालको खातामा, फाइल नहेरी कर्जा’

अर्थ सरोकार

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार

PRIME CA

एक्सेल डेभलपमेन्ट बैंकमा सीइओको मनपरी, ‘ऋण एउटाको थाप्लोमा, पैसा दलालको खातामा, फाइल नहेरी कर्जा’

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ख बर्गको इजाजतप्राप्त संस्था, विर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकमा हदैसम्मको मनपरी भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको निरीक्षणका क्रममा बैंकले असम्बन्धित व्यक्तिको खातामा ऋण रकम पठाएकोसम्मका बदमासी फेला पारेको हो । राष्ट्र बैंकले हदैसम्मको कैफियत भेटेपछि एक्सेल डेभलपमेन्ट बैंकलाई कार्वाहीसमेत गरेको छ ।  नियामक राष्ट्र बैंकले जारी गरेको विभिन्न नियम, कानून मिचेको भन्दै नगद जरिवानासहित एक्सेललाई कारबाही गरिएको केन्द्रीय बैंकले जनाएको छ।
फाइल नै नहेरी सेयर कर्जा, ऋण एउटाको थाप्लोमा, पैसा दलालको खातामा
राष्ट्र बैंकले गरेको निरीक्षणका क्रममा बैंकले सेयर कर्जा स्वीकृति गर्नुपूर्व सो सम्बन्धि फाइल नै अध्ययन नगरेकोसमेत पाइएको बताएको छ । राष्ट्र बैंकका अनुसार बैंकले रियल स्टेट र सेयर कर्जा स्वीकृत गर्नुपूर्व ऋणी कम्पनीले उल्लेख गरेको कर्जाहरुको प्रयोजन, उद्देश्य, कर्जा उपयोग हुने क्षेत्र वा आधार, कर्जाको सावाँ व्याज चुक्ता हुने आधारलगायतका विवरणहरुको विश्लेषण नगरेको पाइएको हो ।
त्यस्तै बैंकले ऋणको रकम सम्बन्धित कम्पनीका संचालक, वा परिवारको सदस्यबाहेक असम्बन्धित व्यक्ति तथा संस्थालाई भुक्तानी भएको र कर्जा दुरुपयोग गरेकोसमेत राष्ट्र बैंकले जनाएको छ । नियामक केन्द्रीय बैंकका अनुसार निरीक्षणका क्रममा अन्य गम्भीर प्रकृतिका कैफियतहरु पनि देखिएको छ ।
बैंकमा यतिसम्मको मनपरीसमेत देखिएको छ कि सञ्चालक समितिले निक्षेपकर्ताको हितविपरीत काम गरेकोसमेत राष्ट्र बैंकको ठहर छ । संचालक समितिले गरेका विभिन्न बदमासी केलाउँदै राष्ट्र बैंकले एक्सेललाई कैफियतहरु सुधार्न अल्टिमेटमसमेत दिएको छ ।
हदैसम्मको बदमासी भेटिएपछि केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८को दफा १००को उपदफा २(क) बमोजिम संस्थाको सञ्चालक समितिलाई सचेत गराएको छ ।
एक्सेल डेभलपमेन्ट बैंकमा डा. इन्द्र बहादुर कट्टेल प्रमुख कार्यकारी अधिकृत छन् भने महेन्द्र कुमार गोयल अध्यक्ष छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: