Skip to content
LAXMI SUNRISE BANK

रविको पत्रबारे ग्लोबल आइएमई बैंकको स्पष्टीकरण- ‘मानवीय त्रुटीले मिति गलत भएछ, सच्याउछौँ’

अर्थ सरोकार

काठमाडौँ । ग्लोबल आइएमई बैंकले रवि लामिछानेलाई दिएको पत्रमा मिति गलत भएकोबारे प्रष्टिकरण दिएको छ । सो पत्रमा मिति गलत परेकोबारे अर्थ सरोकारले समाचार प्रकाशन गरेपछि सम्पर्कमा आएका ग्लोबल आइएमई बैंकका कर्पोरेट कम्युनिकेसन विभागका कर्मचारी सुजन पुडासैनीले सो गल्ती मानवीय त्रुटीका कारण भएको र बैंकले सच्याउने बताएका हुन् ।

पत्रकार सम्मेलनमै पत्रमा उल्लेखित मितिबारे कुरा उठेपछि रास्वपा सभापति लामिछाने स्वयमले पत्रमा मिति गलत परेको स्वीकार्दै सो विषयमा बैंकका प्रतिनिधिसँग टेलिफोन वार्ता गरेका थिए । 

सो वार्ताका क्रममा बैंक प्रतिनिधिले बैंकले दिएको विवरण सही भएको बताएका थिए । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK