काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खातामा १ करोड ८० लाख रकम जम्मा भएको भन्दै सोमबार कान्तिपुरमा समाचार प्रकाशन भयो । समाचारमा लामिछानेको खाता नम्बरमा सो रकम जम्मा गरेको दाबी गरिएको थियो । त्यस लगत्तै रवि लामिछानेले चौतर्फी आलोचनासमेत खेप्नुपर्यो । यतिसम्म कि उनले पत्रकार सम्मेलन नै गरेर यस विषयमा प्रष्टिकरण दिनुपर्यो ।
यसैबीच प्रश्न उठेको छ, ‘रवि लामिछानेको खाता विवरण र खातामा जम्मा भएको पैसाबारे बैंकले सार्वजनिक मिडियालाई विवरण दिन मिल्छ ?’
बैंकिङका जानकारहरु यो काम ग्राहकको गोपनियताको हकविपरित भएको बताउँछन् । अर्थ सरोकारसँग कुराकानी गर्दै ग्लोबल आइएमई बैंककै कर्मचारीले आफ्नो बैंकमा रहेका खाता र तिनका विवरण सार्वजनिक मिडियामा जानु गलत भएको तर्क गरे । ‘कुनै पनि ग्राहकको बैंक खाता नम्बर र बैंकमा जम्मा भएको वा झिकिएको रकमबारे सम्बन्धित ग्राहकको अनुमतिबिना अरुलाई दिन पाइँदैन ।’, बैंकका ति कर्मचारीले भने, ‘यस विषयमा कसैले प्रश्न उठाए वा लामिछाने स्वयमले बैंकविरुद्ध उजुरी दिए बैंकलाई कारवाही हुनसक्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्