×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘प्रक्रिया पुगेन’ भन्दै हिमालयन बैंकको सेयर बेच्ने हबिबको प्रस्तावमा राष्ट्र बैंकले रोक लगायो, बैंकको भने फरक मत !

PRIME CA

‘प्रक्रिया पुगेन’ भन्दै हिमालयन बैंकको सेयर बेच्ने हबिबको प्रस्तावमा राष्ट्र बैंकले रोक लगायो, बैंकको भने फरक मत !

अर्थ सरोकार

२२ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमा रहेको सेयर बेच्ने पाकिस्तानको हबिब बैंकको प्रस्तावमा रोक लगाएको छ । हिमालयन बैंकमा भएको सेयर बेचेर नेपालबाटै बाहिरिन चाहेको भन्दै राष्ट्र बैंकमा स्वीकृतिका लागि हबिबले निवेदन दिएको भए पनि राष्ट्र बैंकले सेयर बेच्ने प्रक्रिया रोकेको हो ।

हबिबले हिमालयन बैंकमा रहेको सेयर हिमालयन रिइन्स्योरेन्सलाई बेच्ने प्रस्तावसहितको निवेदन राष्ट्र बैंक पठाएको थियो ।

तर, प्रक्रिया नपुगेको भन्दै राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सेयर खरिदबिक्रीका लागि स्वीकृति दिन अस्वीकार गरेको हो ।

हिमालयन रि र हबिबबीच हिमालयन बैंकमा रहेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर प्रतिकित्ता १ सय ३० रुपैयाँमा खरिदबिक्री गर्ने सम्झौता समेत भएको थियो । तर, सेयर खरिदबिक्रीका लागि आवश्यक प्रक्रिया नै नपुगेपछि राष्ट्र बैंकले हबिब र हिमालयन रिबीचको सेयर खरिदबिक्रीको सम्झौता कार्यान्वयनमा रोक लगाएको हो ।

राष्ट्र बैैंकका अनुसार हबिबले हिमालयन बैंकमा रहेको संस्थापक सेयर बेच्न चाहेको अण्डमा पहिलो प्रथामिकता बैंकले अन्य संस्थपकलाई दिनुपर्थ्यो । अन्य संस्थापकले पनि नकिनेको अवस्थामा मात्रै सञ्चालक समितिबाट निर्णय गरेर उक्त सेयर बाहिर बेच्न मिल्छ । तर, यस विषयमा प्रक्रिया पूरा नभएको पाइएपछि हबिब र हिमालनय रिबीचको सेयर खरिदबिक्री सम्झौता कार्यान्वयमा रोक लगाएको राष्ट्र बैंकले जनाएको छ ।

तर, हिमालयन बैंकले भने हबिब र हिमालयन रिबीचको सेयर खरिदबिक्रीका लागि सबै प्रक्रिया पूरा गरिसकेको दाबी गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: