×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अध्यागमन अधिकारी कुट्ने प्रहरीलाई कार्वाही गर्न माग, कर्मचारीहरु भन्छन्- ‘कार्वाही नभए देशभर सेवा ठप्प पार्छौँ’

अर्थ सरोकार

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार

PRIME CA

अध्यागमन अधिकारी कुट्ने प्रहरीलाई कार्वाही गर्न माग, कर्मचारीहरु भन्छन्- ‘कार्वाही नभए देशभर सेवा ठप्प पार्छौँ’

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी र कर्मचारीबीच भएको कुटाकुटमा संलग्न प्रहरीमाथि कारवाही नगरे देशभर सेवा ठप्प पार्ने कर्मचारीहरुले चेतावनी दिएका हुन् । संयुक्त रुपमा विज्ञप्ति नै जारी गरेर विभिन्न दलसम्बद्ध पाँच प्रमुख ट्रेड युनियनहरुले यस्तो चेतावनी दिएका हुन् ।

गृहमन्त्रीलाई सम्बोधन गरीएको उक्त विज्ञप्तिमा घटनामा संलग्न प्रहरी र्कचारीलाई तीन दिनभित्र कारवाही गर्न माग गरिएको छ । सो दिनभित्र पनि कारवाही नभए त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलगायत देशव्यापी रुपमा कार्यालयको सेवा बन्द गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

हाल अध्यागमन कार्यालयका कर्मचारीहरु घटनाको विरोध गर्दै कालोपट्टी बाँधेर सेवा प्रवाह गरिररहेका छन् ।

यसो त त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको कुटपिटको सम्बन्धमा छानविन गर्न गृह मन्त्रालयले छानविन समितिसमेत गठन गरिसकेको छ । हाल उक्त घटनाको विषयमा छानविन चलिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: