काठमाडौँ । कर्मचारीलाई कामबाट निकाल्न चीनको एक कम्पनीले अनौठो तरिका अपनाएको छ । कर्मचारीलाई कामबाट पनि निकाल्ने र क्षतिपूर्ति दिनबाट पनि बच्नका लागि चीनको एक विज्ञापन कम्पनीले आफिस जानै मुस्किल हुनेगरी आफ्नो मुख्यालय दुर्गम हिमाली क्षेत्रमा सारेको हो ।
चीनको शाङ्सी प्रान्तको सियान सहरमा रहेको उक्त कम्पनीले यातायातको विकल्प साह्रै न्यून भएको किनलिङ हिमाली क्षेत्रमा कम्पनीको मुख्यालय सारेको छ ।
अफिस नै अति विकट क्षेत्रमा सरेपछि आउजाउ गर्नै मुस्किल भएको भन्दै दुई तिहाइभन्दा धेरै कर्मचारीहरुले राजिनामा दिएका छन् । अफिस जानका लागि मुस्किकले गाडी पाइने र पाइहाले पनि दुई घण्टाको यात्रापछि पनि निकै समय हिँड्नुपरेपछि कर्मचारीहरुले राजिनामा दिएको कम्पनीका एक पूर्वकर्मचारीले बताएका छन् ।
अझ अचम्मको कुरा त २० जनामध्ये १४ जना कर्मचारीले सामूहिक राजिनामा दिएपछि उक्त कम्पनीले अपिस पुनः सियान सहरमै सारेको छ । तर, कम्पनीले भने सहरमा भाडा महँगो भएको, नयाँ अफिसको मर्मतसम्भार भइरहेकोले एक हप्ताका लागि अस्थायी रुपमा आफिस सारेको दाबी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्