×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरियन भाषा परीक्षा आवेदन फाराम भर्ने म्याद दुई दिन थप

PRIME CA
GLOBAL IME BANK

कोरियन भाषा परीक्षा आवेदन फाराम भर्ने म्याद दुई दिन थप

१९ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कोरियन भाषा परीक्षाका लागि आवेदन दिने समय दुई दिन थप गरिएको छ । वैदेशिक रोजगार विभागले सीप बिल्डिङमा सहभागी परीक्षार्थीहरुका लागि उत्पादनमूलक क्षेत्रमा भाषा परीक्षा फाराम भर्न दुई दिन म्याद थप गरेको हो ।

यसअघि फाराम भर्ने मिति पुष १६ गतेदेखि १८ गते तोकिएको भए पनि अहिले फाराम भर्ने मिति पुष २० गतेसम्म लम्ब्याइएको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले जनाएको छ ।

भाषा परीक्षाको फाराम भर्ने पहिलो दिन सिस्टममा देखिएको समस्या र बालकुमारीमा भएको अप्रिय घटनाकाका कारण सीप बिल्डिङमा फाराम भरेका थप परीक्षार्थीसमेत सहभागी हुनसक्ने भन्दै समय थप गरिएको कोरिया शाखाले जनाएको छ ।

योसँगै अब कोरियन भाषा परीक्षाका लागि पुष २० गते (शुक्रबार) सम्म आवेदन दिन सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: