×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फागुन १ गतेदेखि लघुवित्तविरुद्ध अर्को भीषण आन्दोलन हुँदै, लघुवित्त खारेज नभएसम्म जारी ! (भिडियो)

PRIME CA

फागुन १ गतेदेखि लघुवित्तविरुद्ध अर्को भीषण आन्दोलन हुँदै, लघुवित्त खारेज नभएसम्म जारी ! (भिडियो)

१ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । यसै पनि अहिले देशको अवस्था ठिक छैन । त्यसैमाथि गरिबी निवारणका लागि भन्दै गाउँ गाउँमा कार्य क्षेत्राधिकार बोकेर लाइसेन्स पाएका लघुवित्तहरुको अवस्था त झनै ठिक छैन । नवसामन्ती बनेर लघुवित्तले ठगे, गरिबलाई झन् गरिब बनाए भनेर अहिले देशभर लघुवित्तविरुद्ध आन्दोलन भइरहेका छन् । एकातर्फ लघुवित्त वित्तीय संस्था नै खारेज गर्नुपर्छ भनेर संघर्ष समिति नै बनाएका मनिराम ज्ञवाली संघर्षरत अवस्थामा छन् भने अर्कोतर्फ २० लाखभन्दा मुनिको ऋण मिनाह गर्नुपर्छ भन्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका नाममा दुर्गा प्रसाईं आन्दोलनमा छन् । बेलाबेला लघुवित्तका ऋणी र ऋणीहरुको नेतृत्व गर्ने र नियामक नेपाल राष्ट्र बैंकबीच दोहोरी चल्छ । राष्ट्र बैंक भन्छ ‘लघुवित्तबाट लिएको ऋण नतिरी सुखै छैन’, ऋणीहरु भन्छन्- ‘ऋण तिर्न पैसा नै छैन ।’ राष्ट्र बैंक भन्छ- ‘लघुवित्तबाट लिएको ऋण तिर्दिन भन्नु वित्तीय अपराध हो’, ऋणीहरु भन्छन्- ‘अपराधी हामी होइन, नागरिकलाई ऋणको दलदलमा फसाएर उठिबास लगाउने लघुवित्तहरु हुन् ।’

लघुवित्तबाट लिएको ऋण तिर्न नसक्नेहरु, सकेको गर अब ऋण तिर्न सक्दैनौँ भनिरहेका छन् । अनि लगानी गरेको ऋण उठाउन नसक्दा लघुवित्तहरुको हरिबिजोग भएको छ । तर, ऋण तिर्दैनौँ भन्ने ऋणीको जमात र कसैगरि पनि ऋण उठाउन लागि परेका लघुवित्तबीचको लफडा टुंगिने कुनै छाँटकाँट देखिँदैन । अझ हिजोभन्दा आज र आजभन्दा भोली लघुवित्तविरुद्धको संघर्ष झनै चर्किने दाउ खोज्दैछ । यहीबीच यसै विषयमा हामीले लघुवित्त वित्तीय संस्थाविरुद्धको संघर्ष समितिका संयोजक मनिराम ज्ञवालीसँग विशेष कुराकानी गरेका छौँ । यो हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: