×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदन किरातीको जवर्जस्त नियुक्तिमा अदालतको ‘ब्रेक’ !

PRIME CA

सुदन किरातीको जवर्जस्त नियुक्तिमा अदालतको ‘ब्रेक’ !

८ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर गरेको छ । न्यायाधीशद्वय ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले पुनको नियुक्ति बदर गर्ने अन्तरिम आदेश दिएको हो ।

पुन गत पुष महिनाको पहिलो साता कोषको कार्यकारी निर्देशकमा नियुक्त भएकी थिइन् । तर, पुनको नियुक्ति बदरको माग गर्दै कोषकै भरत मरासिनीले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

सोही रिटमाथि सुनुवाई गर्दै अदालतले पुनको नियुक्त बदर गर्न आदेश दिएको हो । पुनको नियुक्तिमा आवश्यक मापदण्ड नपुगेको भन्दै नियुक्ति खारेज गरिएको कोषका एक अधिकारीले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: