×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वर्गीय सुबास नेम्वाङको नाम जोडेर लिलामीको सूचना : स्वभाविक प्रक्रिया कि राजनीतिक प्रतिशोध ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्वर्गीय सुबास नेम्वाङको नाम जोडेर लिलामीको सूचना : स्वभाविक प्रक्रिया कि राजनीतिक प्रतिशोध ?

Artha Sarokar

१० माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली काँग्रेस निकट व्यक्ति सीइओ भएर आएपछि नेपाल बैंक लिमिटेडले स्वर्गीय सुबासचन्द्र नेम्वाङसमेतको नाममा हठात लिलामीको सूचना निकालेको भन्दै बैंकका सीइओ तिलक राज पाण्डेयको चौतर्फी विरोध सुरु भएको छ । पाम फुड्स एण्ड वेभरेज टेक्नोलोजी प्रालिले पूर्वसभामुख स्व.सुवासचन्द्र नेम्वाङको जग्गा धितो राखेर लिएको ऋण चुक्ता नभएको भन्दै लिलामीको सूचना निकालेको थियो ।

नेम्वाङको निधन भईसकेपछि ऋणमा धितो भएकै कारण सो जग्गा नामसारी गर्न नमिलेपछि परिवारले पैसा जुटाउने प्रयास गरिनै रहेको थियो । यो जानकारी स्वयम् बैंकलाई पनि थियो ।  यस्तो अवस्थामा जमानीकर्ताको नाम परिवर्तन गर्नुपर्नेमा उल्टै राजनीतिक प्रतिशोध साँधेर बैंकका सीइओ तिलक राज पाण्डेयकै निर्देशनमा पूर्वसभामुख नेम्वाङको नाम राखेर सूचना प्रकाशन भएको र सो काम राजनीतिक प्रतिशोधकै कारण भएको स्वयम् नेपाल बैंकका उच्च अधिकारीहरु बताउँछन् ।
यस विषयमा चौतर्फी प्रश्न र विरोध आउन थालेपछि बैंकका सूचना अधिकारी प्रकाश कुमार अधिकारी फोन अफ गरेर बसेका छन् । बैंकका एक उच्च अधिकारीका अनुसार लिलामी सूचना निस्किएको माघ ५ गते यता क्रेडिट विभागका कतिपय कर्मचारीहरु काम गर्ने मुडमै छैनन् ।
‘एक त सुबास नेम्वाङ बितिसक्नुभएको छ । यस्तो अवस्थामा बैंकले सामान्य मानवीय संवेदनालाई ख्याल गर्नुपर्ने हो । हामीले सीइओलाई सुबास नेम्वाङको नाम नराखौँ भनेको पनि हो । तर उहाँ मान्नुभएन ।’ बैंकका ती अधिकारीले अर्थ सरोकारसँग भने, ‘काम नै देखाउने हो भने फूलबारी रिसोर्ट लगायत अरवौं रुपैयाँ उठाउन बाँकी फाइलहरुमा लाग्नुपर्ने हो । तर सीइओ साप त बैंकभित्र एमालेमा आस्था राख्नेलाई पनि असहयोग गर्छु, र एमालेका फाइल पनि केलाउँछु भनेर लाग्नुभयो । यस्तो प्रतिशोधले दुर्घटना गराउँछ ।’
बैंकका अनुसार पाम फुड्स एण्ड वेभरेज टेक्नोलोजी प्रालिका सञ्चालक देव कुमारी लिम्बु र रुद्रप्रसाद गिरीले नेम्वाङको नाममा इलाम नगरपालिका–२ (क)मा रहेको २४६ कित्ता नम्बरको ६ रोपनी जग्गा धितो राखेर २०७३ जेठ र चैत्रमा गरी डेढ करोड रुपैयाँ ऋण लिएका थिए । परिवारले ऋण तिर्न पैसा जुटाउने प्रयासमा रहेको जानकारीसमेत बैंकलाई दिईरहेको थियो । यस्तो अवस्थामा बैंकले हतारहतार नेम्वाङका नाममा लिलामी सूचना निकालेको छ ।

‘कतिपय ठाउँमा अरवौंको ऋण फसेको छ, जुन ऋण उठाउन सीइओलाई मतलव छैन । तर एक करोड ५० लाख रुपैयाँ साँवा र ब्याज करिब ८० लाख रुपैयाँ तिर्न बाँकी फाइललाई प्राथमिकता दिनु, ऋण तिर्छु भन्दाभन्दै पनि प्रक्रियामा जानु र निधन भईसकेका देशका निष्ठावान् नेताको नाम जोडेर पीडीत परिवारलाई थप पीडा दिनुले सीइओको नियतमा प्रश्न उठाउने ठाउँ छ।’ बैंकका अर्का एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘यो काम थाहा नपाएर भएको पनि होइन । सीइओ सापको विशेष चासो किन थियो भन्ने बल्ल बुझिदैछ ।’यता बैंकका सिइओ तिलक राज पाण्डेयले भने आफुले राजनीतिक प्रतिशोध नराखेको, बरु सो प्रक्रिया स्वाभाविक रहेको दाबी गरेका छन् । ‘सुबास नेम्वाङको निधन भएपछि सो ऋण त जसले अंश खाने हो, उसले तिर्नुपर्यो नि। छोराहरुले तिर्छन् नि ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै सीइओ पाण्डेयले भने, ‘बाँकी त यो सव स्वाभाविक प्रक्रिया हो ।’

तर बितिसकेको मान्छे, त्यसमाथि पनि सबैले मानेको नेताको परिवारलाई थप पीडा पर्नेगरी यसरी सूचना निकाल्नुलाई धेरैले राजनीतिक प्रतिशोध भनेका छन् नि ?’ अर्थ सरोकारको प्रश्नमा सीइओ पाण्डेले भने, ‘उहाँ सबैले मानेको नेता हो । मैले पनि एकदम सम्मान गर्ने नेता हो । उहाँ जुनसुकै पार्टीको भए पनि उहाँ राष्ट्रिय व्यक्तित्व हो । म त अझ उहाँलाई पार्टीमा कसैले जोड्न मिल्दैन भन्छु । सुबास नेम्वाङ, बिपी कोइराला, वा मदन भण्डारीहरु जुन पार्टीको भए पनि सबैको नेता हो । त्यसैले मेरो कुनै पनि राजनीतिक प्रतिशोध छैन ।’

बैंकले सूचना निकालेपछि नेम्वाङ परिवार भने तनावमा छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी