×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनी बन्न सिकाउने पुस्तकका लेखक नै अरबौँको ऋणी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धनी बन्न सिकाउने पुस्तकका लेखक नै अरबौँको ऋणी !

Artha Sarokar

२२ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गरिबबाट धनी बन्न सिकाउने चर्चित पुस्तकका लेखक नै अरबौँको ऋणमा रहेको खुलासा भएको छ ।

विश्वभर प्रसिद्ध पुस्तक ‘रिच ड्याड, पुअर ड्याड’ का लेखक रोबर्ट कियोसाकी स्वयम् आफू भने अरबौँको ऋणमा रहेको खुलासा भएको हो । विश्वभर धनी बन्ने शुत्र बाँड्दै हिँड्ने कियोसाकीले हालै आफू १ अर्ब डलरभन्दा धेरै ऋणमा रहेको खुलासा गरेका छन् ।

उनले आफूले बैंकबाट ऋण लिएर सुनजस्ता सम्पत्ति किन्ने गरेको पनि खुलासा गरेका छन् । यतिसम्म कि उनले आफू सिद्धिएको अवस्थामा आफूले ऋण लिएको बैंक पनि समस्यामा पर्ने बताएका छन् ।

पुस्तकमार्फत विश्वभर धनी बन्ने ज्ञान दिएका कियोसाकी आफूले भने बैंकमा नगद जम्मा नगर्ने गरेको पनि खुलासा गरेका छन् । बरु आफूसँग भएको पैसा र ऋणले सुनचाँदी किन्ने गरेको उनको भनाई छ ।

पछिल्लो समय ऋण नहुने कोही नभएको र सबैको चाहना ऋणमुक्त हुने भए पनि ऋण नलिनु वा ऋणमुक्त भएर बाँच्नु भन्ने सल्लाह दिनु खराब भएको कियोसाकीले बताएका छन् । त्यस्तै, उनले आगामी दिनमा बैंकहरु संकटमा पर्ने दाबी गर्दै सुनचाँदी भएकाहरु नाफामा हुने बताउँदै आएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी