×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोकसेवाले एकैपटक खुलायो ११ सय बढी संख्यामा जागिर

PRIME CA

लोकसेवाले एकैपटक खुलायो ११ सय बढी संख्यामा जागिर

८ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बागमती प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले बागमती प्रदेश सरकार र स्थानीय तहका लागि अहिलेसम्मकै सर्वाधिक संख्यामा कर्मचारी माग गरेको हो ।

लोकसेवाले विभिन्न सेवा समूहमा एकैपटक १ हजार १ सय १३ जना कर्मचारी माग गरेको छ । नेपालको लोकसेवा आयोगकै इतिहासमा सर्वाधिक संख्यामा रिक्त दरबन्दीमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरिएको आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले बताएका छन् । उनले यति धेरै संख्यामा लोक सेवा आयोगले पहिलो पटक कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरेको पनि दाबी गरेका छन् ।

आयोगले प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारीसमेत गरी एकैपटक १ हजार १ सय १३ कर्मचारीको माग गरेको छ । बागमती प्रदेशमा संघीय राजधानी काठमाडौंसहित १३ जिल्ला र तीन महानगरपालिकासहित ११९ वटा स्थानीय तह रहेका छन् । यस्तो छ आयोगको कर्मचारी माग सम्बन्धी सूचनाः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: