×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रक्षक नै भक्षकः विमानस्थलमा प्रहरीबाटै लाखौँको धन लुटियो !

PRIME CA

रक्षक नै भक्षकः विमानस्थलमा प्रहरीबाटै लाखौँको धन लुटियो !

११ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रहरी नै लुटेरा ? सुन्दा अचम्म लाग्न सक्छ तर सत्य । बंगलादेशमा प्रहरीले नै लुटपाट गर्ने गरेको पाइएको छ । बंगलादेशको ढाका विमानस्थलमा सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीहरुले नै नागरिकहरुलाई लुटपाट गर्ने गरेको पाइएको हो ।

गत जनवरी २३ मा दुबईबाट गएका अब्दुल्लाह मुन्शीलाई राती ११ बजे आँखामा पट्टी र हातमा हतकडी लगाएर चारजनाले लुटपाट गरेका थिए । उनीहरुले मुन्शीलाई कुटपिट गरेर उनको साथमा भएको दुई वटा गोल्डबार, गहना, फोन र ल्याप्टप लुटेर छोडेका थिए । पछि मुन्शीको उजुरीका आधारमा छानविन गर्दा लुटपाट गर्ने अरु कोही नभएर सुरक्षाका लागि खटाइएका प्रहरी हवलदारहरु भएको खुलासा भएको छ ।

ती प्रहरी हवलदारहरुले लुटपाटमा आफूहरुको संलग्नता रहेको अदालतमा समेत स्वीकारेका छन् । त्यति मात्र होइन बंगलादेशमा हुने यस्ता लुटपाटमा प्रहरी, अध्यागमन कार्यालयका अधिकारी र सानातिना अपराधिहरु पनि संलग्न रहेको पाइएको छ । सन् २०२३ को ९ महिनामा मात्रै बंगलादेशमा ३१८ वटा लुटपाटका घटनामा संलग्नता रहेको भन्दै ३०४ जना प्रहरीविरुद्ध उजुरी दर्ता भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: