×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कार्यकाल पूरा नगर्ने पूर्वानुमान गरिएका देवकोटाले कार्यकाल नसकिँदै महालक्ष्मी छोडे, लम्सालको विकल्प खोजिँदै !  

PRIME CA

कार्यकाल पूरा नगर्ने पूर्वानुमान गरिएका देवकोटाले कार्यकाल नसकिँदै महालक्ष्मी छोडे, लम्सालको विकल्प खोजिँदै !  

अर्थ सरोकार

२९ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बोधराज देवकोटाले सीईओबाट राजिनामा दिएका छन् । देवकोटाले बैंकबाट तीन हप्ता अघि नै राजिनामा दिएका हुन् । देवकोटाको राजिनामा माघ १ गतेदेखि लागू हुनेगरि बैंकको सञ्चालक समितिले स्वीकृत गरेको छ । 

यसो त महालक्ष्मी विकास बैंकको सीईओमा नियुक्त हुँदाकै समयमा उनको कार्यकाल पूरा नहुने अनुमानसहितको समाचार अर्थ सरोकारले प्रकाशन गरेको थियो । नभन्दै उनले बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को १४ महिना कार्यकाल बाँकी रहँदा राजिनामा दिएका हुन् । 

देवकोटाको राजिनामा स्वीकृतसँगै बैंकको सञ्चालक समितिले बैंकको कामु सीईओको जिम्मेवारी बैंकका सिनियर डेपुटी सीईओ दिपेश लम्साललाई दिएको छ । 

हालका लागि बैंकको कामु सीईओको जिम्मेवारी लम्साललाई दिए पनि बैंकको सीईओका लागि अर्कै व्यक्तिको खोजी भइरहेको बैंकका एक सञ्चालकले बताएका छन् । ती सञ्चालकका अनुसार अर्को सीईओ भेटिएको अवस्थामा लम्सालले सीईओको जिम्मेवारी पाउनेछैनन् । तर, अर्को सीईओ नभेटिएको अवस्थामा भने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी लम्साललाई नै दिइनेछ । तर, सीईओको जिम्मेवारी पाईहाले लम्सालले पनि कार्यकाल पूरा नगर्ने कन्फर्म देखिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: