काठमाडौँ । गुल्मीकी मनिषा जिसीले एक वर्षमा लोकसेवाका पाँच परीक्षा पास गरेकी छिन् । गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभित्रमा लोकसेवाको विभिन्न पदमा नाम निकालेकी हुन् ।
एक वर्ष भित्रमा जिसीले कोशी प्रदेश अन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेश अन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेश अन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेश अन्तर्गत स्वास्थ्य सेवातर्फ पाचौँ तह र संघीय लोकसेवा आयोग अन्तर्गत स्वास्थ्य सेवातर्फ पाचौँ तहमा नाम निकालेकी हुन् ।
सानैदेखि नर्सिङ विषय पढ्ने रहर भएकी जिसीले छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरेर करिब पाँच वर्ष करार सेवामा काम गरेकी थिइन् । त्यसपछि एक महिना मात्रै तयारी गरेर लोकसेवाको परीक्षा उतीर्ण गरेको उनले बताइन् । परिश्रमका कारण आफूलाई सफलता मिलेको जिसीको भनाई छ ।
उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा उत्तीर्ण गरेकी हुन् । यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन् । उनले माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी हुन । उनी हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययन पनि गरिरहेकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्