×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एप्पललाई पछि पार्दै माइक्रोसफ्ट बन्यो विश्वकै सबैभन्दा मूल्यवान कम्पनी, एप्पलको बजार भाउ अझै घट्दै !

PRIME CA

एप्पललाई पछि पार्दै माइक्रोसफ्ट बन्यो विश्वकै सबैभन्दा मूल्यवान कम्पनी, एप्पलको बजार भाउ अझै घट्दै !

१ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । माइक्रोसफ्ट विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । संसारकै सबैभन्दा ठूलो प्रविधि कम्पनी एप्ललाई पछि पार्दै माइक्रोसफ्ट सबैभन्दा मूल्यवान कम्पनीको सूचीमा पहिलो स्थानमा पुगेको हो । योसँगै यसअघि सबैभन्दा मूल्यवान कम्पनीको सूचीमा पहिलो स्थानमा रहेको एप्पल दोस्रो स्थानमा झरेको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइफोनको मागमा देखिएको गिरावटका कारण एप्पलको सेयर मूल्यमा गिरावट आएको हो । अहिले एप्पलको बजार मूल्य २.८७१ ट्रिलियन डलर रहेको छ ।

जबकी सोही अवधिमा माइक्रोसफ्टको बजार मूल्य २.८७५ ट्रिलियन डलर पुगेको छ ।

सन् २०२३ मा ओपन एआई कम्पनीसँगको सहकार्यमा एआई प्रविधियुक्त टुल्स च्याट जिपिटी ल्याएसँगै माइक्रोसफ्टको सेयर मूल्यमा आक्रामक वृद्धि भएको हो । यही कारण एप्पललाई समेत पछि पार्दै माइक्रोसफ्ट विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न पुगेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: