Skip to content
LAXMI SUNRISE BANK

माउन्टेन ग्लोरी लिमिटेडले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त

अर्थ सरोकार

काठमाडौं । माउन्टेन ग्लोरी लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता सेयर जारी गर्ने भएको हो ।

कम्पनीले आइपीओ निष्काशनका लागि एल एस क्यािपटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फबाट अध्यक्ष शुनिल भक्त श्रेष्ठ तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

जारी पूँजी रु.१ अर्व ५० करोड रहेको माउन्टेन ग्लोरी लिमिटेडले पोखराको दोभिल्ला स्थीत करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठा सहित विशेष सुविधा सम्पन्न रिजोर्टको रुपमा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी सुविधा उपलब्ध गराउँदै आएको छ ।

निकट भविष्यमा सेयर निष्काशन पश्चात कोठाहरु थप गरी विदेशी होटलसँग अनुबन्धन गरे पश्चात पाँच तारे होटलको रुपमा सेवा उपलब्ध गराउने योजना समेत कम्पनीको रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK