×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ बिकास बैंकको `हालत खराब´, खराब कर्जा बढ्यो, इपिएसमा पहिरो (थप विवरणसहित)

PRIME CA

मुक्तिनाथ बिकास बैंकको `हालत खराब´, खराब कर्जा बढ्यो, इपिएसमा पहिरो (थप विवरणसहित)

७ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार दोस्रो त्रैमासमा बैंकको खुद नाफा ३२.९३ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंकले ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४.८० प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३.१६ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ३१.०४ प्रतिशतले घटेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.९८ प्रतिशतबाट बढेर २.५१ प्रतिशत पुगेको छ । खराब कर्जा बढेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज पनि ४४ करोडबाट बढेर साढे ७८ करोड रुपैयाँ पुगेको छ । यही कारण चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा घट्को हो ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३१ करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यसअवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ५९ पैसा घटेर ११ रुपैयाँ ९२ पैसामा सिमित भएको छ । त्यस्तै, बैंकको मूल्य आम्दानी अनुपात ३२.२६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ३ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: