×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको नाफा ३ अर्ब माथि, ईपीएस समान्य घट्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

PRIME CA

नबिल बैंकको नाफा ३ अर्ब माथि, ईपीएस समान्य घट्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

७ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नबिल बैंक लिमिटेडको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा ६.२८ प्रतिशतले घटेको हो ।

यस अवधिमा बैंकले कुल ३ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा वृद्धि देखिए पनि इम्पेयरमेन्ट चार्ज बढेका कारण नाफामा दबाब परेको हो ।

पहिलो ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशत र खुद फि आम्दानी १५.७२ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चाल आम्दानी ५.७५ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा भने ६.१८ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा १.४६ प्रतिशतबाट घटेर १.२० प्रतिशत पुगेको छ । तर, यसअवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज भने १ अर्ब ८८ करोडबाट बढेर १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । यही कारण बैंकको नाफामा दबाब पर्न गएको हो ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा बैंकको ईपीएस १ रुपैयाँ ५९ पैसाले घटेर २३ रुपैयाँ ६८ पैसा पुगेको छ । हाल बैंकको मूल्य आम्दानी अनुपात २०.८३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २८ अर्ब २५ करोड ७७ लाख रुपैयाँ सञ्चित रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: