×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली नोट लिएर अण्डा किन्न गएका श्रीमान-श्रीमती पक्राउ !

अर्थ सरोकार

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार

PRIME CA

नक्कली नोट लिएर अण्डा किन्न गएका श्रीमान-श्रीमती पक्राउ !

काठमाडौँ । सर्लाहीमा नक्कली नोट लिएर अण्डा किन्न गएका श्रीमान–श्रीमती पक्राउ परेका छन् । सर्लाहीको मलंगवा नगरपालिका–३ मा नक्कली नोट लिएर अण्डा किन्न गएका नसारु खान र उनकी श्रीमती ३२ वर्षीया नसारा खातुन पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रहरीले १ हजार दरका दुईवटा नक्कली नोट बरामद गरेको छ ।

अण्डा किनेर नक्कली नोट दिएपछि पसले र उनीहरुबीच चर्काचर्की भएको खबर पाएपछि उक्त पसलमा पुगेको प्रहरी टोलीले दुवै जना श्रीमान–श्रीमतीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । हाल उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: