×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एयरलाइन्सको जहाजमा प्राविधिक समस्या, उडान रद्द हुँदा काठमाडौँ-दोहा यात्रा गर्ने ५ सय ३० यात्रु अलपत्र

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल एयरलाइन्सको जहाजमा प्राविधिक समस्या, उडान रद्द हुँदा काठमाडौँ-दोहा यात्रा गर्ने ५ सय ३० यात्रु अलपत्र

Artha Sarokar

२ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल एयरलाइन्सको काठमाडौँ-दोहा-काठमाडौँ उडान रद्द भएको छ । नेपाल एयरलाइन्सको ९एन-एएलजेड कलसाइनको वाइडबडी जहाजमा समस्या आएपछि काठमाडौँ–दोहा–काठमाडौँ दुईतर्फी उडान नै रद्द भएको हो ।

उडान रद्द भएपछि दुवैतर्फका ५ सय ३० जना यात्रु अलपत्र परेका छन् । यता नेपाल एयरलाइन्सले जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमै समस्या आएकाले उडान रद्द गर्नुपरेको जनाएको छ ।

हाल प्राविधिक समस्या आएको जहाज मर्मतका लागि ग्राउन्डेड गरिएको छ ।

नेपाल एयरलाइन्सका दुई न्यारोबडी र दुई वाइडबडीमध्ये दुई वटा जहाजमा प्राविधिक समस्यमा आएर ग्राउन्डेड भएपछि एयरलाइन्सको उडान तालिका प्रभावित बनेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी