×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निलम्बनमा परेका ब्रोकर नम्बर ८२ र ९४ को निलम्बन फुकुवा, ९४का सीइओ भन्छन्- ‘दोष नेप्सेको हो, यस्तो त भईरहन्छ’

अर्थ सरोकार

प्रकाशित मिति : २५ पुष २०८०, बुधबार

PRIME CA

निलम्बनमा परेका ब्रोकर नम्बर ८२ र ९४ को निलम्बन फुकुवा, ९४का सीइओ भन्छन्- ‘दोष नेप्सेको हो, यस्तो त भईरहन्छ’

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकर नम्बर ८२ र ब्रोकर नम्बर ९४ लाई निलम्बन गरेकोमा सो निलम्बन फुकुवा गरेको छ । प्रचलित व्यवस्थाविपरित लिमिट रकम नै नराखी कारोबार गर्न खोजेपछि निलम्बनमा परेका दुई ब्रोकरहरुको निलम्बन फुकुवा भएको हो । नेप्सेले ती ब्रोकरहरुको निलम्बन फुकुवा भएको पुष्टी गरेको छ ।

यता ब्रोकर नम्बर ९४ का प्रमुख कार्यकारी अधिकृत बिनय रेग्मीले भने यस्तो भईरहने र यसमा नेप्सेकै दोष भएको दाबी गरेका छन् । ‘ठ्याक्कै ३ बजे हाम्रो लिमिट सकिएछ, हामिले थप लिमिट पनि हालिसकेका थियौँ, तर नेप्सेले अपडेट नगर्दा हामी सस्पेन्डेड भयौँ ।’ उनका अनुसार ३ देखि ५ करोड रुपैयाँ लिमिट राखेर केबीएलले कारोबार गरिरहेको छ ।
ब्रोकर व्यवसायमा नयाँ रहेका रेग्मीले आफुलाई पनि यसपटक मात्र यस्तो थाहा भएको गैरजिम्मेवार जवाफ दिएका छन् । ‘नट्सले सस्पेन्ड गरेपछि ब्रोकर लिष्टमा सस्पेन्ड भनेर आउँदो रहेछ ।’ रेग्मीले अर्थ सरोकारसँग भने, ‘त्यसपछि मिडियाहरुमा हामी सस्पेन्ड भयौँ भनेर खबर पुगेछ ।’
यता नेप्सेका अधिकारीहरुले भने केबीएल सेक्युरिटिज र एनएमबि सेक्युरिटिजले गैरकानुनी रुपमा काम गर्न खोजेकोले ब्रोकर निलम्बन गरेको र उनीहरुले आफ्नो गल्ती सच्याएपछि निलम्बन फुकुवा गरेको बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: