×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा दुई वर्षयताकै सर्वाधिक कारोबार, लगानीकर्ताले ‘सेक्टर सिफ्ट’ गर्न खोज्दा १२.१० अंकको करेक्सन

अर्थ सरोकार

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार

PRIME CA

सेयर बजारमा दुई वर्षयताकै सर्वाधिक कारोबार, लगानीकर्ताले ‘सेक्टर सिफ्ट’ गर्न खोज्दा १२.१० अंकको करेक्सन

काठमाडौं । बुधबार सेयर बजारमा करेक्सन देखिएको छ । लगानीकर्ताले ‘सेक्टर सिफ्ट’ गर्न खोज्दा नेप्से परिसूचक १२.१० अंकले घटेर २१६३.०६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा ३०० कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७ सय २ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ७६ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ६५ करोड ८४ लाख ९० हजार २ सय ८५ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा नेपाल वेयर हाउजिङ्ग कम्पनी, हिमालयन रिइन्स्योरेन्स, गरिमा डेबेञ्चर २०८५, थ्री स्टार हाइड्रोपावर र अपर तामाकोशी हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची :

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ६५ करोड ८४ लाख ९० हजार २ सय ८५ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा ङ्गादि ग्रुप पावर, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी,नेपाल इन्फ्रास्ट्रकचर बैंक र एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची :

यस्तै बुधबारको सेयर बजारमा इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । इस्टर्न हाइड्रोपावरमा यस्तो गिरावट आउँदा भूगोल इनर्जी डेभलपमेन्ट, मुक्रिनाथ कृषि कम्पनी, दोल्ती पावर कम्पनी र राप्ती हाइड्रो एण्ड जेनेरल कन्सट्रकशनमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूची :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: