×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द रहने, सिष्टमभित्र अनाधिकृत प्रवेश गरेकाको ‘डाटा लग’ डिलिट हुने !

अर्थ सरोकार

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार

PRIME CA

नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द रहने, सिष्टमभित्र अनाधिकृत प्रवेश गरेकाको ‘डाटा लग’ डिलिट हुने !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबार प्रणाली तीन दिन बन्द हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै नेप्सेले ४ माघ (बिहीबार) साँझ ५ बजेदेखि माघ ६ गते (शनिबार) राती ११ बजेसम्म सम्पूर्ण सिष्टम बन्द हुने जनाएको हो ।

कारोबार प्रणाली तीन दिन बन्द हुनुको कारण नेप्सेले दोस्रो चरणको विद्युतीय मर्मत तथा सम्भार भनेको छ ।

तर, नेप्सेको सिष्टममा अनाधिकृत प्रवेश गरेर हाथवे र हिमालयन रिको मूल्य उचाल्नेगरी सिष्टमभित्र प्रवेश गरेकाहरुको तथ्यांक लगको क्याच फाइल डिलिट गर्नेगरि तयारी भएको वाइकोका एक कर्मचारीले दाबी गरेका छन् ।

यसो त नेपाल धितोपत्र बोर्डले नेप्सेको सिष्टमको चाबी हाथवेका मालिक अर्थात वाइकोका लगानीकर्ताको हातमा रहेको गम्भीर खुलासा यसअघि नै गरेको थियो । नेप्सेको सिष्टममा जुनजुन कम्पनीका मालिकको प्रत्यक्ष संलग्नता रहेको भन्ने तथ्य बोर्डले सार्वजनिक गरेको थियो, तिनै कम्पनीको सेयर मूल्यमा उच्च उतारचढाव देखिनु र नेप्सेले विद्युतीय मर्मत सम्भारका लागि भन्दै सिष्टम बन्द गर्ने सूचना जारी गर्नुले पनि वाइकोको कर्मचारीले गरेको दाबीलाई थप बल पुगेको छ ।

नेप्सेले यसअघि पनि पुष २६ गतेदेखि २८ गतेसम्म विद्युतीय मर्मत तथा सम्भारका लागि भन्दै तीन दिन कारोबार प्रणाली बन्द गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: