काठमाडौं। साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७ सय ५ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५६ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ६० करोड १६ लाख ७१ हजार ८ सय ९ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा युनिअन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा अरुण भ्याली हाइड्रोपावर, मिड-सोलु हाइड्रोपावर, बिन्ध्यबासिनी हाइड्रोपावर, अपर स्याँगे हाइड्रोपावर र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची :
यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ६० करोड १६ लाख ७१ हजार ८ सय ९ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा ङ्गादि ग्रुप पावर, हाथवे इन्भेस्टमेन्ट, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, नेपाल रिइन्स्योरेन्स कम्पनी र अपि पावर कम्पनीमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची :
यस्तै सोमबारको सेयर बजारमा गरिमा डेबेञ्चर २०८५का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । गरिमा डेबेञ्चर २०८५मा यस्तो गिरावट आउँदा ज्योति विकास बैंक बोण्ड २०८७, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, महुली लघुवित्त वित्तीय संस्था र लक्ष्मी उन्नति कोषमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूची :