×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशियाले निक्षेपको ब्याज घटायो, कर्जाको घटाएन

PRIME CA

एनआईसी एशियाले निक्षेपको ब्याज घटायो, कर्जाको घटाएन

२५ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । एनआईसी एशिया बैंकले माघ महिनाको लागि ब्याजदर थप घटाएको छ । बैंकले पुष महिनाको तुलनामा माघको लागि ब्याजदर घटाएको हो । बैंकले घटाएको ब्याजदर माघ १ गतेदेखि लागू हुनेछ ।

योसँगै अब एनआईसी एशिया बैंकले माघ महिनामा मुद्दती निक्षेपमा अधिकतम ८.०६५ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ६.०६५ प्रतिशत ब्याज दिने भएको छ ।

यसअघि बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ८.६७ प्रतिशत र संस्थागततर्फ ६.६७ प्रतिशत ब्याज दिँदै आएको थियो । तर, बैंकले माघमा मुद्दती निक्षेपको ब्याज घटाए पनि कर्जाको ब्याजदरमा भने कुनै परिवर्तन गरेको छैन ।

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जा लगानी साह्रै न्यून भएपछि बैंकहरुले पछिल्लो तीन महिनायता ब्याजदर घटाइरहेका छन् । हाल एनआईसी एशियासँगै अन्य बैंकहरुले पनि निक्षेपको ब्याज घटाउने तयारी गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: