×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको नाफा ४१ प्रतिशतले घट्यो, खराब कर्जा बढ्यो, ईपीएसमा भारी गिरावट (विवरणसहित)

PRIME CA

एनआईसी एशिया बैंकको नाफा ४१ प्रतिशतले घट्यो, खराब कर्जा बढ्यो, ईपीएसमा भारी गिरावट (विवरणसहित)

७ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एनआईसी एशिया बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको अपष्किृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको ६ महिनामा बैंकको नाफा ४१.८४ प्रतिशतले घटेको हो । यसअवधिमा बैंकले कुल १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २७ करोड खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिसन आम्दानी १६.३५ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४.९६ प्रतिशत र सञ्चालन मुनाफा २४.१३ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकको खराब कर्जा ०.६१ प्रतिशतबाट बढेर १.१९ प्रतिशत पुगेको छ । त्यस्तै, यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ४८ करोड धनात्मक रहेको छ ।

समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यसअवधिमा बैंकको ईपीएस ३१ रुपैयाँ ९ पैसाले घटेर २५ रुपैयाँ ५२ पैसामा सिमित भएको छ ।

त्यस्तै, यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १९.९७ गुण रहेको छ भने प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ १० पैसा रहेको छ । हाल बैंकको जगेडा कोषमा १५ अर्ब ६७ करोड ८३ लाख रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: