×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकइन पिरियडबारे निफ्राको भ्रामक सूचना, ग्लोबल आईएमई क्यापिटलका सीइओ भन्छन्-‘निफ्राले जे पठायो, त्यहि छाप्यौँ’

अर्थ सरोकार

प्रकाशित मिति : १० माघ २०८०, बुधबार

PRIME CA

लकइन पिरियडबारे निफ्राको भ्रामक सूचना, ग्लोबल आईएमई क्यापिटलका सीइओ भन्छन्-‘निफ्राले जे पठायो, त्यहि छाप्यौँ’

काठमाडौँ । लकइन पिरियडबारे पूर्वाधार बिकास बैंक (निफ्रा)ले गलत सूचना सार्वजनिक गरेको छ । निफ्राले सार्वजनिक रुपका एक सूचना जारी गर्दै  संस्थापक सेयर धनीतर्फको १२ करोड ९६ लाख कित्ता सेयर लक इन खुल्ने भनेको छ । तर बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) अनुसार सो कम्पनीको सेयर ‘फ्रीली ट्रेडेबल’ हुनेगरी लकइन १० बर्ष नपुगी खुल्दैन ।
बाफियामा रहेको प्रचलित व्यवस्था अनुसार १० बर्ष नपुगी निफ्राको कुनै पनि हिस्सा परिवर्तन गर्न मिल्दैन । १० बर्षसम्म बैंकका कुनै पनि संस्थापकहरुले आफ्नो नामको सेयर स्वतन्त्र रुपमा बिक्री गर्न पाउँदैनन् । ५ बर्षपछि बैंकका सेयरधनीहरुले निश्चित कार्यविधि पूरा गरेर सेयर नामसारी गर्न मिल्ने र सेयर धितो राखेर कर्जा लिन मिल्ने व्यवस्था मात्रको स्थितिलाई अपव्याख्या गर्दै भ्रामक सूचना सार्वजनिक गरिएको हो । सुचीकृत कम्पनीहरूको लकइन खुल्नु अगाडी सार्वजनिक जानकारी दिनुपर्ने नियम ल्याएपछि निफ्राले लकइन खुल्ने भन्दै सूचना जारी गरेको छ ।
ग्लोबल आईएमई क्यापिटलका सीइओ भन्छन्- ‘निफ्राले जे पठायो, त्यहि छाप्यौँ’
यता ग्लोबल आईएमई क्यापिटलका सीइओ मनदीप लुइटेलले भने निफ्राले पठाएको सूचना आफुले छापेको दाबी गरेका छन् । ‘निफ्राले जे पठायो, हामीले त्यहि छाप्यौँ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै सीइओ लुईटेलले भने – ‘सो सेयर फ्रीली ट्रेडेबल हुने होइन । प्रमोटर सेयर फ्रीली ट्रेडेबल नभएको खण्डमा जसरी बिक्री गर्न मिल्छ, त्यसरी मात्र मिल्ने हो । राष्ट्र बैंकको नियमअनुसार ५ बर्षपछि जसरी प्रमोटरहरुले सेयर नामसारी गर्न पाउँछन्, त्यो मात्र खुलेको हो । फ्रीली ट्रेडेबल हुने होइन ।’
‘यसरी त लगानीकर्तालाई भ्रम भएन र ?’ अर्थ सरोकारको प्रश्नमा लुईटेलले भने, ‘त्यो निफ्राको सूचना हो । हामीले उताबाट आएकै चिज छापेको हो । मैले अघि नै भनेँ नि, यो फ्रीली ट्रेडेबल सेयर होइन।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: