×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कर्मचारीलाई हदैसम्मको यातना दिने इन्भेष्टमेन्ट मेगाका हाकिम यसअघि नै जेल जानबाट जोगिएका थिए’, राजिनामाको माग !

अर्थ सरोकार

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार

PRIME CA

‘कर्मचारीलाई हदैसम्मको यातना दिने इन्भेष्टमेन्ट मेगाका हाकिम यसअघि नै जेल जानबाट जोगिएका थिए’, राजिनामाको माग !

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका डेपुटी सीइओ बिजेन्द्र सुवालले ‘मनपरी’ बोलेपछि बैंकका चरिकोट शाखाका प्रमुख कपिल भण्डारी बेहोस भएर ढलेको घटनापछि सुवालसम्बन्धि थप तथ्य पनि बाहिरिएका छन् । उनले यसअघि पनि कर्मचारीलाई हदैसम्मको ‘टर्चर’ दिएपछि कर्मचारी युनियनले व्यवस्थापनको पटकपटक मौखिक ध्यानाकर्षण गराएको खुलासा भएको छ । अर्थ सरोकारसँगको कुराकानीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कर्मचारी युनियनका अध्यक्ष शिवहरि भण्डारीले यस्तो खुलासा गरेका हुन् ।
‘कपिलजीमाथि जे भयो, त्यसको जति भ्रत्सना गरे पनि कम हुन्छ ।’ अध्यक्ष भण्डारीले अर्थ सरोकारसँग भने, ‘यसअघि पनि सुवालजीले कर्मचारीमाथि हदैसम्मको ज्यादती गर्नुभएपछि हामीले मौखिक रुपमा व्यवस्थापन र संचालक समितिको ध्यानाकर्षण गराएका थियौँ । १ महिना हेरौं, २ महिना हेरौं,  भन्दाभन्दै उहाँ सुध्रिनुभएन ।’
अध्यक्ष भण्डारीका अनुसार भण्डारीको केसमा पनि युनियनले औपचारिक रुपमै आपत्ति जनाउने तयारी गरेको छ । हाल पारिवारिक कामले उनी गाउँमा भएकाले काठमाडौँ आउनेबित्तिकै युनियनको केन्द्रीय समितिको बैठक बसेर आवश्यक निर्णय लिने उनको भनाई छ । ‘उहाँ (बिजेन्द्र सुवाल)को ज्यादती हद भईसक्यो । अव सहने कुरा हुँदैन । कपिलजीको घटना भईसकेपछि उहाँसँग अलिकति पनि नैतिकता बाँकी छ भने उहाँले संस्था छोड्नुपर्छ ।’ अध्यक्ष भण्डारीले अर्थ सरोकारसँग भने, ‘कपिलजीको घटनाप्रति हामी सबै गम्भीर छौँ ।’ सुवालले राजिनामा दिनुपर्नेमा अधिकांश कर्मचारीको जोड रहेको उनको भनाई छ ।
यसअघि नै जेल जानबाट जोगिएका थिए सुवाल
केहि समयअघि व्यवस्थापनकै टर्चरका कारण आफ्ना एक अर्का कर्मचारी साथी नदीमा हाम फालेर बेपत्ता भएको प्रसङ्ग जोड्दै उनले पटक पटक यस्ता घटना दोहोरिनु आपत्तिजनकमात्र होइन, चिन्ताको विषयसमेत भएको बताएका छन् । ‘सुवाल सर पटकपटक सचेत गराउँदा पनि सुध्रिनुभएन । अव हामी कडा रुपमा अघि बढ्नुको विकल्प छैन ।’ उनले भने- ‘म बार्षिकी कार्यक्रमका लागि गाउँ आएको छु । काठमाडौँ फर्कनेबित्तिकै युनियनको बैठक बसेर आवश्यक निर्णय हुन्छ ।’
सुवालको कार्यकाल यहि २२ फेब्रुअरीमा सकिँदैछ । कार्यकाल सकिने १ महिनाअघि सामान्यता बिदा लिने चलन छ । तर उनी बिदामासमेत बसिरहेका छैनन् । उनको ज्यादती बढी भएको भन्दै कर्मचारीहरुले आक्रोष पोखेपछि अहिले व्यवस्थापनले उनलाई बैंकबाट बिदा भएर सहयोग गरिदिन आग्रह गरेको छ । उनी विदामा नबसे उनको दुखद् बहिर्गमन हुने चेतावनी कर्मचारीहरुले दिएका छन् ।
यसअघि पनि मेगा सोहि बैंकका कर्मचारी निरञ्जन देवकोटा त्रिशूली नदीमा फालेका थिए । त्यतिबेला पनि सुवालले गरेको गालीकै कारण उनी सो मनस्थितिमा पुगेको चर्चा चलेको थियो । उनीविरुद्ध त्यतिबेला नै आत्महत्या दुरुत्साहनको मुद्धा चलाएर उनलाई पक्राउ गर्ने योजना प्रहरीको थियो । तर उनी हाल बेपत्ता नै भएकोले सुवाल सो केसमा जोगिएका थिए। सुवाललाई पक्राउ नगर्न, बरु केसलाई सेटल गर्न बैंकको व्यवस्थापन नै लागेको थियो ।
राष्ट्र बैंकको चासो 
यता सुवालले अनावश्यक मानसिक यातना दिएर कपिल भण्डारी बेहोस भई अस्पताल भर्ना भएको घटना अर्थ सरोकारले सार्वजनिक गरेपछि यस विषयमा राष्ट्र बैंकले पनि चासो दिएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका एक संचालकले राष्ट्र बैंकले समेत यस विषयमा चासो दिएको र आफुहरुले पनि यो विषयलाई गम्भीर रुपमा लिएको बताएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै ती संचालकले अर्थ सरोकारको समाचार र भिडियो सामाग्रीलाई ‘रिफरेन्स’ लिँदै राष्ट्र बैंकका उच्च अधिकारीहरुले यस विषयमा मौखिक रुपमा सोधेको बताएका छन् । ‘उहाँ अव बैंकबाट बिदा हुनुहुन्छ । यसको कुनै विकल्प छैन । हामीले पनि मौखिक रुपमा उहाँलाई अव बिदा बस्नुहोस् भनेका छौँ । उहाँ बिदा नबसे, बिदा बस्ने पत्र थमाउनेकि भन्ने छ, यद्यपी यत्रो समय काम गरेको मान्छेलाई अन्तमा निकालेजस्तो नगरौं भनेर हामीले उहाँलाई मार्ग प्रशस्त गर्न भनेका छौं ।’ ती संचालकले अर्थ सरोकारसँग भने ।
अर्धभूमिगत भए सुवाल 
कर्मचारीलाई बेहोस नै हुनेगरी मानसिक यातना दिएको खबर बाहिर आएपछि बैंकका डेपुटी सीइओ सुवाल अर्धभूमिगत भएका छन् । सो समाचार बाहिरिएलगत्तै उनले कुनै पनि संचारकर्मीको फोन उठाएका छैनन् भने नचिनेको नम्बरलाई कुनै पनि खालको रेस्पोन्स गरेका छैनन् । उनी बैंकको सूचना अधिकारीसमेत हुन् । सूचना अधिकारीले अत्यावश्यक भएको खण्डमा बाहेक फोनहरु रेस्पोन्स गर्नुपर्छ, वा पछि कल ब्याक गरेर आवश्यक सुचना दिनुपर्छ । तर उनी सो समाचार बाहिरिएपछि बाहिरी सम्पर्कमा छैनन् । बैंककै विभिन्न व्यक्तिहरुसँग पनि उनी निकै सचेत भएर सिमित व्यक्तिहरुसँग मात्र बोलचाल गरिरहेका छन् । ‘कपिल भण्डारीको केस बाहिरिएपछि सुवाल सर अर्धभूमिगत हुनुहुन्छ ।’ बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘तपाईंहरुको मात्र होइन, बैंककै साथीहरु पनि सबैको फोन उठाईरहनुभएको छैन ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: