काठमाडौँ । रवि लामिछानेको बैंकिङ विवरण असम्बन्धित व्यक्तिलाई दिएको भन्दै ग्लोबल आईएमई बैंकविरुद्ध नेपाल राष्ट्र बैंकमा उजुरी परेपछि यस सम्बन्धमा नियामक राष्ट्र बैंकले अनुसन्धान सुरु गरेको छ । उजुरी परेपछि राष्ट्र बैंकले राष्ट्र बैंकका कर्मचारी बसिष्ट भट्टराईलाई अनुसन्धानका लागि जिम्मा दिई काम सुरु गरेको छ । उजुरीकर्ताका अनुसार राष्ट्र बैंकले भट्टराईलाई अधिकृत तोकी यस विषयमा अनुसन्धान सुरु गरेको जानकारी बैंकले दिएको छ ।
यता राष्ट्र बैंकका अधिकारीलेसमेत सो प्रकरणमा छानविन सुरु गरेको पुष्टी गरेका छन् । ‘बसिष्ट भट्टराईजीलाई सो उजुरीको जिम्मा दिईएको छ । बैंकले अव सम्बन्धित ग्लोबल आईएमई बैंकलाई यस विषयमा आवश्यकता अनुसार स्पस्टिकरण सोध्ने वा बोलाएर के कसो भएको हो भन्ने आवश्यक बयान लिन्छ ।’ राष्ट्र बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने -‘ ग्लोबल आईएमई बैंकका एक अधिकारीको नाम नै तोकेर उजुरी आएको छ । यस विषयमा सम्बन्धित आरोपितसँग यस विषयमा बयान लिनेसम्मको काम हुन्छ ।’
ती अधिकारीका अनुसार उजुरीकर्ताले वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५को परिच्छेद ५को दफा ११ को उपदफा २ (घ) र (ङ) र सोहि ऐनको परिच्छेद ५ को दफा ११ को उपदफा २ (क) विरुद्धको कसुर भएको भनी किटान गरेकाले यस विषयमा सम्बन्धित बैंकसँग जवाफ माग्ने काम सुरुवाती चरणमा हुनेछ भने त्यसपछि थप प्रक्रिया अघि बढ्नेछ ।


केहि समय अगाडी सहकारी ठगीको रकमबाट खोलिएको टेलिभिजनको सेयर बेच्दा सो सेयरवापतको रकमको चेक लामिछानेको खातामा जम्मा भएको भन्दै विभिन्न समाचारहरु सार्वजनिक भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले पत्रकार सम्मेलन नै गरेर सो आरोपको खण्डन गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्