×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पैसा फिर्ता गर्छु’ भनेर फरार भएका सहकारी अध्यक्ष पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘पैसा फिर्ता गर्छु’ भनेर फरार भएका सहकारी अध्यक्ष पक्राउ

१४ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ओखलढुंगाको ककनी गौरीवन कृषि सहकारी संस्थाका अध्यक्ष विनोद सुनुवार पक्राउ परेका छन् । बचतकतकर्ताको करोडौँ रकम ठगी गरेको आरोपमा प्रहरीले सुनुवारलाई पक्राउ गरेको हो । उनीसँगै प्रहरीले संस्थाका उपाध्यक्ष पदमबहादुर खत्रीलाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेका दुवैजनालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले ६ दिनको म्याद दिएको छ ।

बढी ब्याजको प्रलोभनमा पारेर रकम जम्मा गराएको र फिर्ता दिने बेलामा संस्थाका सञ्चालक नै सम्पर्कविहीन भएपछि सहकारीका बचकर्ताहरुले प्रहरीमा संस्थाका अध्यक्ष, उपाध्यक्षसहितका सञ्चालकविरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यसो त प्रहरीका अनुसार उक्त ठगी प्रकरणमा यसअघि नै प्रहरीले बचतकर्ता र सहकारी सञ्चालकबीच एक हप्तामा रकम फिर्ता गर्ने भनी सहमति गराएको थियो । तर, उक्त सहमतिपछि रकम फिर्ता गर्नुको सट्टा सहकारीका अध्यक्ष नै फरार भएपछि पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ । हाल उनीहरुमाथि थप अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: