×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रविको सेयर कारोबारबारे बुझ्नै पर्ने कुरा…

PRIME CA

रविको सेयर कारोबारबारे बुझ्नै पर्ने कुरा…

८ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सोमबार बिहानदेखि बजारमा रवि लामिछानेको मात्र चर्चा छ देशमा । सहकारीका बचतकर्ताको पैसाबाट रविको खातामा सेयर पैसा पुग्यो भन्ने आशयको चर्चाले बजार तातेको छ ।

खासमा, रविको खातामा गोर्खा मिडियाले रकम नहालिदिई सेयर ट्रान्स्फर हुँदैनथ्यो । तर, रविले सोही वापतको रकम वा चेक जिबीलाई फिर्ता गरेको हुनुपर्छ, जुन विषयमा कुरो के छ भन्ने तथ्य रवि र समाचार दुबै मौन छन् । रविले पत्रकार सम्मेलन गर्छु भनेका छन्, सम्मेलनमा यो कुरा भन्लान् नै । सेयर खरिदबिक्रीको व्यवहारिक पाटो यही हो । कानुनी रुपमा रवि फसे, व्यवहारिक रुपमा उनी फसाईए ।
अझ, धेरैले नदेखेको अर्को पाटो पनि छ, जहाँ रविले सरकारलाई झन्डै ५० लाख रुपैयाँ (पाएको सेयर वापतको रकमको नियमानुसार ३९ प्रतिशत कर) तिर्नुपर्न रकम कानुनतः देखिन्छ ।

व्यवहारमा उनले पाउँदै नपाएको रकमको दायित्व उनीमाथि छ । अब केही दिनमा रविले ५० लाख कर छले भनेर न्युज आयो भने पनि अचम्म नमाने हुन्छ । कानुनी रुपमा उनीमाथि छनविन हुन सक्छ । र कानुन मात्र हेरेर खेद्ने हो भने उनले सो रकम तिर्नुपर्ने फैसला पनि हुनसक्छ ।

आजको कान्तिपुरले प्रस्तुत गरेको समाचार र रविको ‘म निर्दोष छु’ भन्ने दाबी दुबै सही छ । गलत छ त, जिबीले कानुनी छिद्रमा रविलाई फसाउनेगरी गरेको हर्कत ।

कानुनी र व्यवहारिक पाटो सधैँ मिल्दैन । उदाहरणका लागि– विवाह दर्ता, विवाह गरेको महिनौँपछि पनि गर्न मिल्छ । रवि कानुनी रुपमा फसेकै हुन्, अझ फस्ने ठाउँहरु धेरै छन् । तर, व्यवहारमा उनी दोषी नहुन सक्छन् । व्यवहार र कानुन धेरै ठाउँमा फरक हुन्छ । देश बनाउन हिँडेको साथीलाई यसरी नखेदिदिए हुन्थ्यो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: