काठमाडौँ । ग्लोबल आइएमई बैंकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दिएको पत्रको विवरण नै गलत भएको पाइएको छ । सो पत्रमा रवि लामिछानेले दिएको निवेदनको मिति २०२४/६/२२ लेखिएको छ । जबकी आज २०२४/१/२२ तारिख हो ।
बैंकले लामिछानेलाई आज दिएको पत्रमा यस्तो कैफियत देखिएको हो । आफ्नो खातामा एक करोड ८० लाख रकम आएको खबर सार्वजनिक भएपछि उनी त्यसको विवरण माग्न ग्लोबल आइएमई बैंक गएका थिए ।
ग्लोबल आइएमई बैंकले उनले दिएको निवेदन उपर जानकारी भन्दै पत्र दिएको थियो । यति गम्भीर विषयमा बैंकले गरेको लापरवाहीको यतिबेला चौतर्फी आलोचना भइरहेको छ । कतिपयले रविलाई पत्र दिएको जस्तो पनि हुने र त्यसको कानुनी मान्यता पनि नहुने गरी बैंकले बठ्याँई गरेको विश्लेषण गरेका छन् ।
यता रास्वपाका सभापति रवि लामिछानेले पनि बैंकले दिएको पत्रमा मिति गलत भएको स्वीकारेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्