×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रवि प्रकरणमा एकपछि अर्को कानुनी अफ्ठ्यारो, रास्वपाभित्रै छन् रवि सिध्याउन खोज्ने दुश्मन (भिडियो ब्रिफिङ)

PRIME CA

रवि प्रकरणमा एकपछि अर्को कानुनी अफ्ठ्यारो, रास्वपाभित्रै छन् रवि सिध्याउन खोज्ने दुश्मन (भिडियो ब्रिफिङ)

१० माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: < ६ मिनेट

काठमाडौँ । जब नयाँ मान्छेले राजनीतिमा कमाल गर्छ, वा गर्न खोज्छ, जनताको मतको बेजोड साथ पाउँछ, तब स्वभाविक उ माथि आक्रमण हुन्छ । यो नेपाली राजनीतिभित्रको स्वभाविक तर राजनीतिको अस्वभाविक चित्र हो । तर हाम्रो देश छ नै यस्तै, यहाँ व्यापारमा, व्यवसायमा, संचारमा, अधिकारमा नयाँलाई गार्है हुन्छ, पूरानाको टोकसोले अफ्ट्यारै हुन्छ । त्यसमाथि अव पूराना नेताहरुले बनाएनन् देश भनेर देश बनाउने हुटहुटी बोकेर हिंडेकाहरुलाई अफ्ट्यारै हुन्छ, रवि लामिछानेहरुलाई अफ्ट्यारै हुन्छ, भएको छ ।

राजनीतिमा लागेकै कारण रविले हरेक त्रुटीमा छुट पाउनुपर्छ भन्ने जरुर होइन, तर रविसँगै नेपाली राजनीतिमा आशाको दियो देख्नेहरुलाई निराश बनाउनेगरी रविका अनेक कामलाई खोतालिदैछ, र बिगतमा गरेका, भएका कमजोरी र त्रुटीहरुले रविलाई लखेटी रहेका छन् । नहोस् त्यस्तो कामना छ, तर आज हामी रवि लामिछाने अव थप अफ्ट्यारोमा कहाँ कहाँ पर्न सक्छन् वा पारिन सक्छन् भन्ने तथ्यलाई केलाउँदैछौँ । यसको अर्थ रवि सहि छन्, वा रवि गलत छन् भन्ने होइन । बरु यो देशको कानुनलाई टेकेर रविमाथि के केसम्म हुन सक्छ वा रविले देशको कानुनबारे के के बुझ्नुपर्छ भन्ने तथ्यको उजागर प्रयास हो । किनकि सत्य यो पनि हो कि कुनै बेला रवि स्वयमले कतिपय ससाना कुराहरुलाई नजरअन्दाज गर्दा त्यसको ठुलो सजाय पाएका थिए उनले । उनको नागरिकताको विवादपछि गुमेको गृहमन्त्री पद त्यसैको उदाहरण थियो । र अव त्यस्तो कहिल्यै नहोस् भन्ने कामनासहित उनी कहाँकहाँ फसेका छन् वा फसाइन सक्छन् भन्ने तथ्य केलाउँदैछौँ ।

पहिलो उदाहरण, ताजा उदाहरण
सहकारी ठगीको पैसाले खोलेको टेलिभिजनमा पाएको १५ % सेयरवापतको पैसा लामिछानेको निजी खातामा जम्मा भएको खबर सार्वजनिक भएपछि रवि लामिछानेले प्रेस मिट गरेर र सामाजिक संजालमा स्ट्याटस लेखेर त्यसको खण्डन गरेका थिए । तर खण्डनका क्रममा उनैले बोलेका कतिपय चीज उनका लागि भारी पर्न सक्ने देखिएको छ । रविले सोमबार पत्रकार सम्मेलनपछि सामाजिक सञ्जालमा लेख्दै आफ्नो खातामा १ करोड ८० लाख जम्मा भएको भौचर देखाएपछि मात्र कम्पनी रजिष्ट्रारको कार्यालयबाट राईको नाममा सेयर नामसारी हुने भएकाले कागजी प्रक्रियाका लागि मात्र कागजपत्र बनाएको र झुटो विवरण उपलब्ध गराएर सेयर हस्तान्तरण गरिएको स्वीकार गरेका हुन् । र उनको यहि स्वीकारोक्ति उनलाई भारी पर्न सक्ने देखिएको हो । कारण ग्यालेक्सी फोरके टिभीको सेयर जिबी राईको नाममा हस्तान्तरण गर्दा कम्पनी रजिष्ट्रार कार्यालयलाई झुक्याएको तथ्य स्वयम् लामिछानेले सार्वजनिक गरेको स्ट्याटसबाट बुझ्न सकिन्छ र कम्पनी ऐनको दफा १६० अनुसार यस्तो काम गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

हुन त व्यवहारिक रुपमा यस्तो धेरैले गर्छन्, तर यसको अर्थ रविले पनि गरे ठिकै गरे भन्नेचाहिं पक्कै होइन । यो कुरा स्वयम् लामिछानेले स्वीकार गरेका छन् । यहि कानुन र रविले दिएको सार्वजनिक अभिव्यक्तिसँगै उनले गरेको कागज बोकेर कोहि कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी बोकेर गयो भने छानविन हुन्छ । छानविनका क्रममा रविले कागज मात्र मिलाएको देखिए कम्पनी ऐनको दफा १६० अनुसार उनलाई सजाय हुन्छ । कम्पनी रजिष्ट्रारको कार्यालयले सबै प्रक्रियामै छ भनिदियो भने उनको खातामा जीबी राईको पैसा गएको छ भन्ने पुष्टी हुन्छ, जुन उनका लागि झन् घातक हुन्छ, र उनले पनि यो चाहेका छैनन् । रविका पछि कति धेरै मान्छे लागेका छन् भन्ने तथ्य त तपाईं हामीले देखेका नै छौं, त्यसैले हिजोको पत्रकार सम्मेलन र उनी आफैंले लेखेको स्ट्याटस उनका लागि भारी पर्न सक्छ । आखिर नेपाल न हो, एउटा ठाउँ पाएपछि आफ्नैले आफ्नैलाई त सिध्याउँछन् भने रविको उदय, धेरैका लागि चिन्ताको विषय बनेको अवस्थामा उनलाई सिध्याउन राज्य नै नलाग्ला भन्न सकिन्न ।

कम्पनी ऐनको दफा १६० (क) मा कम्पनीको कुनै सञ्चालक वा पदाधिकारीले कम्पनीको कुनै कागजपत्रमा बदनियत वा द्वेषपूर्ण लापरवाहीसाथ कुनै झुटा कुरा उल्लेख गरी कम्पनी वा कुनै व्यक्तिलाई हानी नोक्सानी पु¥याएको भए त्यस्तो सञ्चालक वा पदाधिकारीलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्मम कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । त्यस्तै कम्पनी ऐनको दफा १६० को (ज) मा ऐन बमोजिमको विवरण नदिने वा झुट्टा विवरण दिने सेयरधनीलाई ५० हजार रुपैयाँसम्म जरिबाना र दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।कम्पनी ऐनले कुनै सञ्चालक वा पदाधिकारीले कम्पनीको कुनै कागजपत्रमा बदनिय वा द्वेषपूर्ण लापरबाहीका साथ कुनै झुट्टा कुरा उल्लेख गरे कारबाही हुन सक्ने व्यवस्था गरेकाले रवि माथि सजाय हुन सक्छ । सेयर हस्तान्तरणका लागि राईले आफ्नो खातामा जम्मा गर्न पैसा नै नभएको चेक बुझाएको विषयमा रविले सहमति दिएर कम्पनी रजिष्ट्रारको कार्यालयलाई ढाटेका स्वीकारेका छन् ।

रविले स्वेट सेयरवापत कम्पनीको १५ % सेयर पाएको डकुमेन्ट कम्पनी रजिष्ट्रारको कार्यालयको अभिलेखमा छ । र कार्यालयको अभिलेख नै अन्तिम मानेर यहि नै ठिक हो ठहर भयो भने उनले स्वेट सेयरवापत १ करोड ८० लाख रुपैयाँ पाएका छन् । स्वेट सेयरसम्बन्धि स्पस्ट कानुन नभए पनि आकस्मिक रुपमा पाइने कुनै पनि रकममा नियमानुसार २५ प्रतिशत कर तिर्नुपर्छ भन्ने कर कानुनलाई देखाएर उनीसँग १ करोड ८० लाख रुपैयाँको २५ % रकम असुल गर्न पनि सक्छ राजश्व विभागले । यस्तो भयो भने उनी थप नैतिक संकटमा पर्न सक्छन्।

रविका भूपू पार्टनर जीबी राई सहकारी ठगी प्रकरणमा फरार छन् । उनी पक्राउ पर्नेबित्तिकै उनको बयान हुनेछ । बयानका क्रममा जीबी राईले रवि लामिछानेलाई पनि पोले भने यहि कारण अनुसन्धानका लागि मात्रै भए पनि रविविरुद्ध पक्राउ पूर्जी जारी हुनेछ । उदाहरणका लागि पोखराको मित्र मिलन सहकारीमा ठगी गरेका रमण पौडेलले दिएको सामान्य बयानका आधारमा अन्यलाई पनि पक्राउ पूर्जी जारी भएको छ । यहि कुरा देखाएर रविलाई सिध्याउन स्वयम् राज्य लाग्न सक्छ । आखिर राजनीति न हो, जे पनि हुन सक्छ ।

अझ ती त देखाइएका, वा पछिल्लो समय देखिएका कुरा हुन् । कुरा खोतल्दै जाँदा पेट भित्र त फोहोर भेटिन्छ भने, रवि लामिछाने वा कोहि पनिका कमजोरी नभेटिने कुरै भएन। अझ सेयर हस्तान्तरण प्रकरणमा त रविले आफुलाई कीर्ते गरेको जस्ता आरोप आउन सक्नेसमेत स्वीकारेका छन् । यसको अर्थ उनी ठुलो झमेलामा पर्न सक्छन् ।

हो, यो देशमा ठुला ठुला घोटाला प्रकरण भएका छन्, राज्य त्यसमा केन्द्रीत छैन । मात्र विरोधीहरुलाई रवि लामिछाने सिध्याउनुपरेको छ । ठुला ठुला केसमा गर्नुपर्ने खोजी बाँकी छ । तर यहाँ त रवि लामिछानेकै केस खोज्नुछ धेरैलाई ।

हुन त रवि मात्र पनि यसका लागि दोषी छैनन्, बरु उनका सल्लाहकारले पनि उनलाई ठाउँ ठाउँमा सिध्याएका छन् । हिजो नयाँ नागरिकता लिनुपर्छ भनेर सल्लाह दिनुपर्ने ठाउँमा, ह्या हामीलाई कसले छुन्छ र भनेर सल्लाह दिएका सल्लाहकारहरुकै कारण उनको गृहमन्त्री पद नै गुम्यो । हिजो केहि पत्रकार हरुले गरेको खबरदारीलाई उल्टो अर्थ लगाउन तीनै सल्लाहकारहरुको सल्लाह हुँदा उनी धेरै ठाउँमा चुकुनु पर्यो । आज तिनै सल्लाहकारहरुले फेरी उनलाई गलत सल्लाह दिंदैछन् । सोमबार पत्रकार सम्मेलनमा बैंकका कर्मचारी नै हाँस्नेगरी उनका सल्लाहकारले दिएको अचम्मको अभिव्यक्ति यसैको अर्को उदाहरण हो ।

एक बर्ष अघि मिडियालाई गाली गरेर ठेगान लगाउनुपर्छ भन्ने पनि सायद तिनै सल्लाहकारहरुकै सल्लाह थियो, जुन उनलाई नै भारी परेको छ । एक बर्षपछिको पत्रकार सम्मेलनमा उनले मिडियासँग माफी त मागेका छन्, तर यो बेलासम्म उनीमाथि धेरै आक्रमण भईसकेको थियो । यहि बीचमा मिडियालाई चिढ्याउने, मुद्धा हालेर ठेगान लगाउनुपर्छ भनेर उक्साउने सल्लाहकारहरुले अझै पनि उनको भलोको सल्लाह दिईरहेका छैनन् । किनकि देश बनाउँछु भनेर हिंडेका दाजु बनाउने देश हो, कसैको स्वार्थकेन्द्रित सल्लाहका भरमा काम गर्ने होइन ।

रवि लामिछानेसँग जनताले ठुलो आस राखेका छन् । र त यति धेरै विरोध र विवाद हुँदा पनि उनका समर्थकहरुले उनलाई चट्टानी अडान लिएर समर्थन गरेका छन् । सबै गलत, तर रवि सहि हुन् भन्ने मान र भान हुनेगरी जस्ता समर्थक उनले कमाएका छन्, त्यो नेपाली राजनीतिमा बिरलै देख्न पाइन्छ । यस्तै कानुनी झमेलामा नपर्ने हो भने ८४ सालपछि उनलाई प्रधानमन्त्री हुन खासै कुनै शक्तिले रोक्ने देखिन्न । तर यस्तै विवादको चंगुलमा परिरहने र त्यसलाई उचित समाधान गर्नुको सट्टा बेकामे सल्लाहकारहरुको गलत सल्लाहको पछि लागिरहने हो भने रविलाई आफ्नैले सिध्याउनेछन् । जनताले त उनलाई अपार माया, अगाध स्नेह र गज्जबको मत दिएका छन् । विश्वास दिएका छन्, किनकि विश्वास राखेका छन् जनताले रवि प्रति । भरोसा राखेका छन् रवि प्रति धेरै जनताले । जनताको अपेक्षा छ, जसरी हुन्छ रवि प्रधानमन्त्री बन्नुपर्छ । तर सल्लाहकारका गलत सल्लाह सुनिरहने हो भने अहिलेका प्रधानमन्त्रीले राज्यको पावर देखाएर रविलाई एक चुट्कीमा सिध्याईदिन सक्छन् ।

रवि दाई, शुभकामना छ, अव उपरान्त कुनै विवादमा पर्नु नपरोस् तपाईं ।तर सचेत जरुर हुनुहोला, रविको नाम भजाएर आफ्नो स्वार्थको व्यापार गर्नेहरुसँग ।

देख्न पाउँ तपाईंलाई यो देशको प्रधानमन्त्रीको रुपमा, तर तपाईं जति परिपक्व हुनुभएको छ, अझ परिपक्वता आवश्यक छ । किनकि देशको सिष्टम त कतिसम्म गएजुग्रेको रहेछ भन्ने तथ्य कम्पनी रजिष्टारको कार्यालयमा गर्नुपरेको व्यवहारले थाहा पाइनै सक्नुभयो होला । यो देशको कम्पनी दर्ता गर्ने ठाउँमा के के सम्म हुने रहेछ थाहा पाउनुभयोहोला । अनि हाम्रा देशको ठुलो भनिएको बैंकमा दुई कर्मचारीले भेरिफाई गरेर दिएको कागजमा एउटा मितिसमेत मिल्दो रहेनछ भन्ने पनि थाहा पाउनुभयोहोला । अव थाहा पाउन जरुरी छ, आलोचना सहनै नसकेर संचारकर्मीलाई ब्लक गर्नेहरु तपाईंको नाम भजाएर लोकतन्त्रका गफ चुटिरहेका छन् । हाम्रो सभापति अव रवि होइन, स्वर्णिम वाग्ले हुनुपर्छ भनेर विपक्षीसँग कफी पिउनेहरु तपाईं वरपर मेरो रवि दाई भनेर स्वार्थको अँगालो मारिरहेका हुनसक्छन् । बाहिर तपाईंलाई गज्जब भन्ने, भित्र भित्र तपाईंको खेदो खन्ने, तपाईंका अगाडी ठुला र चिप्ला कुरा गर्ने, एक पेग लगाएपछि तपाईंलाई आमाचकारी गाली गर्नेहरुसँग तपाईं सचेत हुन आवश्यक छ । किनकि दुश्मनले बिगार्न धेरै समय लाग्छ, सिध्याउने आफ्नैले हो । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: