Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ विवरण असम्बन्धित व्यक्तिलाई दिएको भन्दै रविका समर्थकले गरे ग्लोबल आईएमई बैंकविरुद्ध राष्ट्र बैंकमा उजुरी !

अर्थ सरोकार

काठमाडौँ । रवि लामिछानेको बैंकिङ विवरण असम्बन्धित व्यक्तिलाई दिएको भन्दै ग्लोबल आईएमई बैंकविरुद्ध नेपाल राष्ट्र बैंकमा उजुरी परेको छ । अर्थ सरोकारको सम्पर्कमा आएका उजुरीकर्ताले बैंकले गरेको काम वैयक्तिक गोपनियताको अधिकारविरुद्ध काम गरेकाले ग्लोबल आईएमईलाई कार्वाहीको माग गर्दै राष्ट्र बैंकमा उजुरी दिएको बताएका छन् ।
उनका अनुसार बैंकका सूचना अधिकारी सुरेन्द्र रेग्मीले वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५को परिच्छेद ५को दफा ११ को उपदफा २ (घ) र (ङ) र सोहि ऐनको परिच्छेद ५ को दफा ११ को उपदफा २ (क) विरुद्ध कसुर गरेकाले उनलाई कारवाहीको माग गरी राष्ट्र बैंकमा उजुरी गरिएको छ ।
‘बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंक भएकाले सुरुमा राष्ट्र बैंकमा उजुरी दिएको छु । त्यहाँबाट कार्वाही भएन भने राष्ट्र बैंकसमेतलाई विपक्षी बनाएर अदालत जान्छु ।’ अर्थ सरोकारको सम्पर्कमा आएका उजुरीकर्ताले अर्थ सरोकारसँग भने- ‘अहिले रविका विरोधीहरुबाट रिस्क भएकाले मेरो पूरा परिचय नखुलाईदिनसमेत राष्ट्र बैंकलाई अनुरोध गरेको छु । वैयक्तिक गोपनीयता सम्बन्धि ऐनविरुद्धको कसुर गरेको तथा बैंक तथा वित्तीय संस्था सम्बन्धित ऐन, तथा प्रचलित अन्य ऐनको समेत बर्खिलाप गरेकाले नीजलाई हदैसम्मको कार्वाही गरी पाउँ भनी राष्ट्र बैंकमा निवेदन पेश गरेको छु ।’
केहि समय अगाडी सहकारी ठगीको रकमबाट खोलिएको टेलिभिजनको सेयर बेच्दा सो सेयरवापतको रकमको चेक लामिछानेको खातामा जम्मा भएको भन्दै विभिन्न समाचारहरु सार्वजनिक भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले पत्रकार सम्मेलन नै गरेर सो आरोपको खण्डन गरेका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK