×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘देउताको नाटक गरेर’ रामबहादुर यसरी बने नेपालकै ‘धनी जोगी’, खडा गरे करोडौँको साम्राज्य ! (भिडियो ब्रिफिङ)

PRIME CA

‘देउताको नाटक गरेर’ रामबहादुर यसरी बने नेपालकै ‘धनी जोगी’, खडा गरे करोडौँको साम्राज्य ! (भिडियो ब्रिफिङ)

२६ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: < ४ मिनेट

काठमाडौँ । साधु त त्यो हो, जसले काम, क्रोध, लोभ, मोह, मद्, मास्चर्य छोडेर सत्य, धर्म, शान्ति, प्रेम र अहिंशाको बाटो रोज्छ । गुरु त त्यो हो, जसले ज्ञानको दीपले अनेक मनहरुलाई जाज्वल्यमान गराउँछ । तर यो त आखिर कलियुग हो, यहाँ त देउताको नाटक गरेर मान्छे ठग्नेहरु जोगी कहलिन्छन् । अनुयायीलाई शोषण गर्नेहरु साधु कहलिन्छन्, अनि जोगी हुँ भनेर करोडौं पैसा घरमै लुकाएर राख्छन् । तर सत्य त आखिर एक हुन्छ, र सत्य आखिर सत्य ठहरिन्छ । रामबहादुर बम्जनले देउताको नाटक गरेर बनाएको करोडौंको साम्राज्य पनि ढल्ने स्थितिमा छ । प्रहरीको फरार सूचीमा रहेका बम्जन अन्ततः पक्राउ परेका छन् र भत्किंदैछ उनले झुट बेचेर खडा गरेको साम्राज्य ।

रामवहादुर बम्जन, अर्थात पाल्देन दोर्जे । कलियुगका बुद्धका रुपमा परिचित एक तपश्वी । पटकपटक विवादमा आएका एक तपश्वी, जसलाई देवता भएको भन्दै पुज्नेहरु हजारौंको संख्यामा भइसकेका थिए । अझ कुनै बेला त उनको चर्चा यतिसम्म थियो कि मानौं उनी स्वयम् नै गौतम बुद्धका अर्का अवतार हुन् । तर बिना सोच, र अध्ययन उनलाई ‘देवता’को उपमा दिनेहरुसँग बम्जनले भने राम्रै व्यापार गरिरहेका थिए । परिणाम, घरबाट करोडौं रुपैयाँ बरामद गरेको छ प्रहरीले ।

सुन्दा पनि अचम्म लाग्ने तथ्य, एउटा जोगीको घरमा गैरकानुनी रुपमा राखिएका १७ देशका मुद्रासहित तीन करोड तीन लाख ७५ हजार नेपाली रुपियाँ भेटिन्छ । आफूलाई जोगी बताउनेले चढ्ने गाडी नै करोडौंको रहेछ । अनुयायीहरुलाई यौन दुराचार गरेको, अनुयायीहरुलाई बेपत्ता गरेको, ठगी गरेको आरोप लागेका बमजनले मोबाइलमात्र १४ वटा बोक्दारहेछन् । कुनै देशको राजकुमारजसरी उनीसँग क्रस फायर, केटीएम ड्युक, यामाहा रे जेडआर स्कुटरलगायत चार वटा मोटरसाइकल पनि थियो । २ वटा ल्यापटप र ५ वटा आईप्याड तथा ट्याब बोकेर बडो शानका साथ हुईकिन्थे बम्जन । राम बहादुर बम्जनको घरबाट जम्मा भएको पैसा देख्दा लाग्थ्यो, यो कसैको घरबाट बरामद भएको पैसा होइन, ठिकठाक चलिरहेको एउटा बैंकको शाखाको सबै पैसा हो । काठमाडौँको एउटा सहकारीसँग पनि क्यास हुँदैन त्यति पैसा, जति बम्जनले एक्लै लुकाएर राखेका थिए । उनको फुटेको कौडी आम्दानी गर्ने स्रोत छैन । तर ५ करोडको गाडी किन्नका लागि उनले धुम्बाराहीको एउटा कम्पनीलाई ३ करोड रुपैयाँ एडभान्स बुझाइसकेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

विशेष सूचनाका आधारमा ब्यूरोका डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले मंगलबार बम्जनलाई पक्राउ गरेको हो । प्रहरी उनलाई पक्राउ गर्न जाँदा उनी ध्यानमा थिएनन्, बरु मस्त घरमै बसिरहेका थिए । प्रहरीले पक्राउ गर्न खोजेपछि उनले घरको दुई तलामाथिबाट हामफालेर भाग्ने प्रयास गरेका थिए । यद्यपि, उनी भाग्न सकेनन्, र प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

आखिर बम्जन किन पक्राउ परे त ?
उनीविरुद्ध ठगी, हत्या, यौन दुराचार लगायतका आरोप छन् ।बम्जनले अनुयायी बेत्तपा पारेको भन्दै पहिलो पटक १२ पुस २०७५ मा जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी परेको थियो । बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि छ । सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै उजुरी समेत परेको थियो । प्रहरीले २०७६ पुसमा सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँमा रहेको तोड्के जंगलमा छापा हानेको पनि थियो, भने सीआईबीको टोलीले ३ असार २०७७ मा सिन्धुलीको कमलामाई नगरपालिका–९, पैरेस्थित बम्जन आश्रममा छापा मारेको थियो ।तर बम्जन त्यहाँ रहेको सूचना गलत सावित भएपछि प्रहरी त्यहाँबाट रित्तो हात फर्किएको थियो । लामो समय देखि उनी प्रहरीको फरार सूचीमा थिए । र अन्ततः उनी पक्राउ परेका छन् ।

बम्जनका नाममा देशविदेशबाट करोडौं रुपैयाँ जम्मा भएको छ । कति रकम कहाँ खर्च भयो भन्ने यकिन हिसाब कसैसँग छैन । तर उनलाई देउता सम्झेर पैसा दिनेहरुले दिईरहे, उनले लिईरहे । कुनैपनि औपचारिक शिक्षा नलिएका उनीविरुद्ध ६९ साल असारमा जिल्ला बन कार्यालयले पक्राउ पुर्जी जारी गरेको थियो । फरक फरक नाममा नागरिकता निकाल्ने प्रयास गरेपछि बारा जिल्ला प्रशासनले पनि उनलाई पक्राउ गर्न खोजेको थियो । तर उनी त्यतिबेला पनि भागेका थिए । नी माथि चेकोस्लाभियाकी नागरिक मारिची र आफ्नी बहिनी रञ्जितालाइ पनि बन्धक बनाएको आरोप पनि उनीमाथि लागेको थियो ।

तर केहि अनुयायी बटुलेपछि ती कथित देउतालाई छुने आँट कसको थियो र ? र पनि, २०७५ साल भदौ अन्तिममा रौतहटकी १८ वर्षीया गंगामाया तामाङले पत्रकार सम्मेलन गरेर बमजनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिईन् । उनले आफुमात्र होइन, आश्रममा थुप्रै कलिला चेलीहरुमाथि यस्तो दुर्व्यवहार हुने गरेको दाबी गरेकी थिइन् । तर त्यसबेला पनि शक्तिको आडमा बम्जन पक्राउ परेनन् । त्यसपछि बम्जनमाथि आरोप लगाउनेहरु एक एक गरी बढे, तर बम्जन पक्राउ परेनन् । तर अन्ततः उनी पक्राउ परेका छन् ।

अव के हुन्छ ?
अव उनीविरुद्ध विभिन्न खाले मुद्धा चल्छन् । हत्या, वा बलात्कारमा दोषी ठहर भए उनले लामो समय जेलमै ध्यान गर्नुपर्ने स्थिति आउनेछ । सो मुद्धामा उनले सफाई पाए भने पनि उनीमाथि सम्पत्ति सुद्धिकरण, डलर अपचलन, ठगी लगायतका मुद्धा चल्नेछन् । उनी जेल जाने सम्भावना अधिक छ, उनले सबै मुद्धामा सफाई पाए भने पनि उनी लामो समय प्रहरी हिरासतमा बस्नुपर्ने पक्कापक्की भएको छ ।

रामबहादुरका नाममा विभिन्न कार्यक्रमहरु चले, उनका नाममा थुप्रै रकम चन्दाका नाममा संकलन भए । कतिले उनलाई ल्याबटप, आईप्याड, मोबाइल उपहार दिए, कति उनले आफैंले किने । यसरी सांसारिक मोहदेखि टाढा रहेर अध्यात्मसँग मन जोड्न सिकाउनुपर्ने साधु आफैं ठग भएर निस्कियो र करोडौंको साम्राज्य खडा गर्यो ।

अहिले अनुसन्धानलाई प्रभावित पार्न विभिन्न खालको लविङ सुरु गरेका छन् उनका अनुयायीहरुले । अनुसन्धानलाई प्रभावित पार्नेगरी जुलुस गर्ने, प्रदर्शन गर्ने, मान्छे जम्मा पार्ने, पूर्वमन्त्रीहरु उनलाई भेट्न जानेजस्ता काम भईरहेका छन् । तर उनीबाट पीडीत भएको बताउनेहरु भने यतिबेला न्यायको आशमा बसिरहेका छन् । प्रहरीले उचित छानविन गरोस्, उनी दोषी ठहर भए कडा भन्दा कडा कारवाही होस् । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: