×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ हप्ताको विदापछि अध्यक्ष हमाल बोर्डमा हाजिर, अन्तिम समयसम्म लगानीकर्ताको हितकै लागि दौडधुप !

PRIME CA

१ हप्ताको विदापछि अध्यक्ष हमाल बोर्डमा हाजिर, अन्तिम समयसम्म लगानीकर्ताको हितकै लागि दौडधुप !

१८ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पुष ११ गतेदेखि ‘फोर्स लिभ’मा बसेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल बुधबार बोर्डमा हाजिर भएका छन् । ११ पुषदेखि १७ पुषसम्म बिदामा बसेका अध्यक्ष हमाल कार्यकालको तीन दिन मात्रै बाँकी रहँदा बुधबार अर्थात पुष १८ गते काममा फर्किएका हुन् ।

बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना निलम्बनमा परेपछि सरकारले बाँकी रहेको कार्यकालका लागि रमेश कुमार हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो ।

हमालेको कार्यकाल पुष २० गते सकिँदैछ । कार्यकाल सकिनुअघि एक हप्ताको ‘फोर्स लिभ’मा बसेका हमालले कार्यकालको अन्तिम समयसम्म पनि लगानीकर्ताको हितकै लागि काम गर्ने दृढताका साथ काममा फर्किएको बताएका छन् । उनी बिदामा रहँदा बोर्डको नेतृत्व बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यले सम्हालेका थिए ।

आफ्नो २१ महिनाको कार्यकालमा लगानीकर्ताको हितमा थुप्रै काम गरेका अध्यक्ष हमाल बाँकी रहेको तीन कार्यदिनमा पनि लगानीकर्ताकै हितमा काम गर्ने मुडमा देखिन्छन् । उनले बाँकी रहेको ३ कार्यदिनमा नयाँ स्टक एक्सचेञ्जको विषयमा देखिएको उल्झन लगायत लगानीकर्ताको हित हुने कामका लागि पहल गर्नेछन् ।

पुष २० गते कार्यकाल सकिने भए पनि सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर बोर्डको नेतृत्वमा पुनः हमाललाई नै निरन्तरता दिने सम्भावना रहेको पनि जानकारुको भनाई छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: