×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकमा को आउलान् नयाँ सीईओ ? ३ महिना अघि नै आधा दर्जनको दौडधुप !

अर्थ सरोकार

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार

PRIME CA

राष्ट्रिय वाणिज्य बैंकमा को आउलान् नयाँ सीईओ ? ३ महिना अघि नै आधा दर्जनको दौडधुप !

काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा यतिबेला नयाँ सीईओ को आउलान् ? भन्ने बहस सुरु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठको कार्यकाल चैत्रमा सकिने भएपछि बैंकमा नयाँ सीईओ को आउलान् ? भन्ने बहस सुरु भएको हो ।

सीईओ श्रेष्ठको कार्यकाल सकिन अझै तीन महिना बाँकी रहँदा नै बैंकभित्रैबाट तीन जना सीईओ बन्ने दौढमा लागेका छन् । बैंकको नयाँ सीईओका लागि उनीहरु अहिलेदेखि नै शक्तिकेन्द्र धाउन सुरु गरिसकेका छन् । स्रोतका अनुसार सीईओको दौढमा यसअघि नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न आवेदन दिएका वाणिज्य भित्रकै एक जना कर्मचारी पनि रहेका छन् ।

नेपाल बैंकको सीईओ बन्न नपाए पनि राष्ट्रिय वाणिज्य बैंकको सीईओ उनैलाई बनाउने आश्वासन नेपाली कांग्रेसका नेताहरुले दिएको पनि बुझिएको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्ने दौडमा कृषि विकास बैंकका कर्मचारी पनि होमिएका छन् । उनले पनि सीईओ बन्नका लागि शक्तिकेन्द्र धाउनेदेखि राम्रै लविङ सुरु गरिसकेका छन् ।

यता चैत्र महिनाअघि नै मन्त्रिपरिषद् फेरबदल हुने र अर्थमन्त्री माओवादीको भागमा पर्ने भएकाले राष्ट्रि वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा माओवादी निकट व्यक्ति आउने सम्भावना बढी देखिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: