×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोक्न बोर्डमा उजुरी !

PRIME CA

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोक्न बोर्डमा उजुरी !

१७ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोक्न नेपाल धितोपत्र बोर्डमा उजुरी परेको छ । कम्पनीले संस्थागत लगानीकर्तालाई प्रलोभनमा पारेर महंगो मूल्यमा बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको भन्दै कम्पनीको आईपीओ रोक्न बोर्डमा उजुरी परेको हो ।

कम्पनीको आईपीओ रोक्न उजुरी दिँदै सेयर लगानीकर्ताहरुले कम्पनी र आईपीओ निष्कासनको प्रक्रियाबारे थप छानविन गर्न पनि माग गरेका छन् ।

बुक बिल्डिङ विधिबाट खुलेको आईपीओमा संस्थागत लगानीकर्ताले कम्पनीसँगको सेटिङमा  उच्च मूल्यमा बोलकबोल गरेको भन्दै सर्वसाधारणलाई कम्पनीको मूल्य महँगो पर्ने भन्दै सेयर लगानीकर्ताले चलखेलको आशंका गरेका छन् ।

यसो त नेप्सेका अनुसार प्रतिकित्ता ९१२ रुपैयाँका दरले संस्थागत लगानीकर्ताले दिएको मूल्यले नै सम्पूर्ण सेयरको कभर हुने भएपछि कटअफ मूल्य ९१२ तय गरिएको छ । अर्थात सर्वसाधारणका लागि कटअफ मूल्यको १० प्रतिशत कम अर्थात प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा पर्नेछ । अझ त्यसैमाथि लगानीकर्ताले कम्पनीको आईपीओमा कम्तिमा ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । यसअनुसार कम्पनीको आईपीओ आवेदन दिनका लागि एक जना लगानीकर्ताले कम्तीमा ४१ हजार ४० रुपैयाँ खर्चिनुपर्नेछ ।

त्यसैमाथि नेटवर्थ ४०० को हाराहारीमा रहेको कम्पनीले ८÷९ सयमा साधारण सेयर निष्कासन गर्नु सरासर चलखेल भएको भन्दै लगानीकर्ताहरुले आईपीओको प्रक्रिया तत्काल रोकी छानविन गर्न माग गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: