×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३ वर्षमा विश्वकै ५ धनाढ्यको सम्पत्ति दोब्बरभन्दा धेरैले बढ्यो

PRIME CA

३ वर्षमा विश्वकै ५ धनाढ्यको सम्पत्ति दोब्बरभन्दा धेरैले बढ्यो

२ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । विश्वका सबैभन्दा धनी पाँच जनाको सम्पत्ति दोब्बरभन्दा धेरैले वृद्धि भएको छ । अक्सफामको एउटा प्रतिवेदनअनुसार सन् २०२० यता इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सीइओ एलन मस्क, फ्रान्सेली लक्जरी ब्राण्ड एलभीएचएमका मालिक बर्नार्ड अर्नाल्ड, एमाजनका संस्थापक जेफ बेसोज, ओर्याकलका संस्थापक ल्यारी एलिसन र वारेन बफेटको सम्पत्ति दोब्बरभन्दा धेरैले बढेको हो ।

अक्सफामका अनुसार सन् २०२० को मार्चसम्मका यी पाँच जनाको सम्पत्ति ४ खर्ब ५० अर्ब डलर रहेको थियो । तर, सन् २०२३ को नोभेम्बरसम्ममा यिनीहरुको सम्पत्ति ८ खर्ब ६९ अर्ब डलर पुगेको छ ।

त्यस्तै, संसारभरका १० ठूला कम्पनीमध्ये सात वटा कम्पनीका सीइओ वा मालिक अर्ब पति भएको पनि अक्सफामको प्रतिवेदनमा उल्लखे गरिएको छ । अक्सफमको प्रतिवेदनमा विश्वको कुल वित्तीय सम्पत्तिको ४३ प्रतिशत हिस्सा विश्वका धनाढ्य १ प्रतिशत जनसंख्याको हातमा रहेको पनि उल्लेख गरेको छ ।

ब्लुमबर्ग बिलिनियर्सका अनुसार हाल विश्वकै धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा २०६ बिलियन डलरसहित टेस्लाका सीइओ एलन मस्क शीर्ष स्थानमा देखिएको छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: