×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानका पूर्वअर्थमन्त्री अजीजको निधन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पाकिस्तानका पूर्वअर्थमन्त्री अजीजको निधन

१८ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पाकिस्तानका पूर्वअर्थमन्त्री सरताज अजीजको ९५ वर्षको उमेरमा निधन भएको छ । पीएमएल–एनले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै सरताज अजिजको मंगलबार निधन भएको पुष्टि गरेको हो ।

पूर्वप्रधानमन्त्री शाहिद शकन अब्बासीले पाकिस्तानमा अजिजको उल्लेख्य योगदान रहेको बताएका छन् । सरकारी रेडियो पाकिस्तानका अनुसार अजीज आर्थिक नीतिहरू बनाउन र पाकिस्तानलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका मध्य एक नेता हुन् । पीएमएल–एनका महासचिव अहसान इकबालले अजिज राष्ट्रका लागि महत्वपूर्ण सम्पत्ति भएको बताएका छन् ।

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले पनि उनको निधनमा शोक व्यक्त गरेका छन् । कार्यवाहक प्रधानमन्त्री अनवरुल हक कक्कडले पूर्वअर्थमन्त्रीको कामको प्रशंसा गर्दै उनलाई राष्ट्रको सम्पत्ति भएको बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: